Successfully Copied

महिनावारी किन र कसरी हुन्छ ?

महिनावारी महिलामा हुने नियमित प्रक्रिया हो जुन महिलाको निश्चित उमेर पुगेपछि सुरु हुन्छ । पहिले–पहिले १२–१३ वर्षको उमेरमा पहिलो महिनावारी हुन्थ्यो भने अहिले खानपान एवं जीवनशैलीका कारण ९–१० वर्षमै पनि हुने गरेको छ ।

महिनावारी महिलामा हुने नियमित प्रक्रिया हो जुन महिलाको निश्चित उमेर पुगेपछि सुरु हुन्छ । पहिले–पहिले १२–१३ वर्षको उमेरमा पहिलो महिनावारी हुन्थ्यो भने अहिले खानपान एवं जीवनशैलीका कारण ९–१० वर्षमै पनि हुने गरेको छ । ९ वर्षदेखि १६ वर्षसम्म महिनावारी वा मेनार्की हुनुलाई सामान्य मानिने निदान हस्पिटलकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. स्वराज राजभण्डारी बताउँछिन् ।

डा.राजभण्डारीका अनुसार महिनावारीले प्रजनन् क्रियाका लागि शारीरिक रूपमा सक्षम रहेको सूचना पनि दिन्छ । यसलाई नछुने हुने पनि भनिन्छ । यतिबेला महिलाले भान्सा तथा पूजाकोठामा जान नहुने मान्यता छ भने उनीहरूलाई अरुबाट टाढा राखिनुका साथै कतिपय ठाउँमा केटा मानिसलाई हेर्न हुँदैन भनेर अलग्गै कोठामा राखिन्छ । 

महिनावारी एस्ट्रोजन तथा प्रोजेस्टेरोन हार्मोनका कारण महिलामा हुने सामान्य शारीरिक प्रक्रिया हो । यद्यपि हामीकहाँ यसलाई अहिले पनि सामान्य रूपमा लिन सकिएको छैन । महिला स्वयंले पनि प्रजनन् शिक्षाको कमीका कारण यसलाई सहज रूपमा लिन सकेका छैनन् । महिनावारी हुनु भनेको महिलाको योनिबाट करिब २८ दिनपछि ५ दिनसम्म रगत बग्नु हो ।

महिनावारी ४० देखि ५५ वर्षको उमेरमा रोकिन्छ जसलाई मेनापज भनिन्छ । यो समयको अन्तरालमा कसैकसैको महिनावारी अनियमित पनि हुन्छ । कहिलेकाहीँ त ६ महिना वा वर्षमा एकपटक पनि हुन्छ । बीचको अन्य अवधिमा भने महिनावारी नियमित हुन्छ । महिनावारी नियमित भैरहेको अवस्थाले महिलाको प्राकृतिक प्रजनन् अवस्थालाई संकेत गर्छ तसर्थ यो स्वाभाविक प्रक्रिया हो । 

 Image