Successfully Copied

स्मार्ट होम डेकोर

परम्परागत लुकका लागि भित्तामा गाढा सेड्स पेन्ट गर्नुपर्छ । हरेक कोठालाई फरक–फरक रंगले सजाउनुपर्छ, जसले गर्दा हरेक कोठा फरक एवं विशेष देखिन्छ ।

परम्परागत लुक

परम्परागत लुकका लागि भित्तामा गाढा सेड्स पेन्ट गर्नुपर्छ । हरेक कोठालाई फरक–फरक रंगले सजाउनुपर्छ, जसले गर्दा हरेक कोठा फरक एवं विशेष देखिन्छ । डिजाइनर फ्रेम भएको ऐना, पेन्टिङ आदिले हेभी वाल डेकोर गरी कोठालाई परम्परागत लुक दिन सकिन्छ ।

मोर्डन लुक

मोर्डन डेकोरका लागि कन्ट्रास्ट सेड्सले भित्ता पेन्ट गर्नुपर्छ । मोर्डन लुकका लागि ह्वाइट कलर पनि उपयुक्त हुन्छ । भित्तालाई सादा राखेर डार्क एसेसरिजले सजाउँदा घर स्टाइलिस देखिन्छ ।

रेट्रो लुक

रेट्रो लुकका लागि भित्तामा डार्क एवं भाइब्रेन्ट कलर पेन्ट गर्नुपर्छ । ठूलो डिजाइन भएको वालपेपर तथा साठीको दशकताकाको पुरानो पेन्टिङ्सबाट पनि भित्तालाई रेट्रो लुक प्रदान गर्न सकिन्छ ।

सफ्ट लुक

घरलाई सफ्ट लुक दिन भित्तामा ह्वाइट, क्रिम, बेबी पिंक, पिचजस्ता लाइट सेड्स पेन्ट गर्नुपर्छ । पिंकका साथमा ह्वाइट वा क्रिम सेडजस्ता दुई सफ्ट सेड्सको कम्बिनेसनबाट आफ्नो ड्रिम होमलाई सफ्ट लुक प्रदान गर्न सकिन्छ ।

फर्निचर

डिजाइनर डार्क वुडन फर्निचरले घरलाई एन्टिक लुक प्रदान गर्छ । रोजबुड आदिबाट बनेका एन्टिक फर्निचर पनि प्रयोग गर्न सकिन्छ । डिजाइनर फ्रेमयुक्त ऐना, पेन्टिङ आदिले कोठालाई ट्रेडिसनल लुक दिन्छन् । प्लास्टिक, फाइबर ग्लास, प्लाइवुड आदिबाट बनेका फर्निचरले कोठालाई रेट्रो लुक प्रदान गर्नुपर्छ । पोलिउड क्रोम फर्निचरले पनि कोठालाई रेट्रो लुक दिन्छ । सफ्ट एवं स्मुद फेब्रिकका फर्निचर छनोट गर्नुपर्छ । यसका लागि सिल्क पनि छनोट गर्न सकिन्छ । ह्वाइट, अफ ह्वाइट, पिंक, एलो आदि लाइट तथा फ्रेस कलरका फर्निचरलाई प्राथमिकता दिनुपर्छ ।

पर्दा

सिल्क, साटन, भेल्भेटजस्तै साइनी फेब्रिकका पर्दाले कोठालाई ट्रेडिसनल लुक दिन्छन् । पर्दालाई रोयल लुक दिन सिक्वेन्स, जर्दोजी वर्क, विड्स आदि प्रयोग गर्न सकिन्छ । ट्रेडिसनल लुकका लागि रेड, ग्रिन, ब्लुजस्ता भाइब्रेन्ट कलर छनोट गर्नुपर्छ । घरलाई वातावरणमैत्री बनाउन ब्याम्बो फ्लोरिङ पनि प्रयोग गर्न सकिन्छ ।

फ्लोरिङ

वुडन फ्लोरिङ घरलाई एन्टिक लुक दिने उत्कृष्ट विकल्प हो । बजारमा वुडन फ्लोरिङका अनेकौं विकल्प उपलब्ध छन् । आफ्नो फर्निचरसित मिल्ने वुडन फ्लोरिङ् छनोट गर्नुपर्छ । घरको फ्लोरिङ्लाई रेट्रो लुक दिन सफ्ट एण्ड फ्लफी कार्पेट छनोट गर्नुपर्छ । ह्वाइट टाइल्स यो लुकका लागि उत्तम हुन्छ जसले घरलाई ठूलो देखाउँछ । घरलाई फेस्टिभ लुक दिन लाइट सेडका रग्स बिछ्याउनुपर्छ । नेचुरल स्टोन फ्लोरिङ पनि प्रयोग गर्न सकिन्छ । बजारमा कोटा, जेसलमेट, कटनी, स्लेट, ग्रेनाइट, राजपुर मार्बल, जयपुर मार्बल, लाइम स्टोन, सेन्डल आदि स्टोन उपलब्ध छन् ।

डेकोर एसेसरिज

गोल्डेन सेन्डेलियरबाट घरलाई ट्रेडिसनल लुक दिनुपर्छ । देवी–देवताका मूर्ति एवं प्रतिमाबाट पनि घरलाई परम्परागत लुक दिन सकिन्छ । ल्याम्प, म्युजिक इन्टरटेन्टमेन्ट, टेलिफोन, ग्रामोफोनजस्ता एन्टिक डेकोरेटिभ आइटम्सबाट पनि आफ्नो घरमा परम्परागत टच दिन सकिन्छ । ट्रेडिसनल लुकका लागि मूलढोकामा फूलको तोरण लगाउनुपर्छ । रेड, ओरेन्ज तथा गोल्डेन कलरको बेडसँगै, पिलो, कुसन आदि प्रयोग गर्नुपर्छ ।

प्रवेशद्वारमा डोरबेलको सानो घन्टी राख्नुपर्छ । यसले घरमा आएका पाहुनाको ध्यान आकर्षित गर्छ र घर ट्रेडिसनल देखिन्छ । लिभिङ रुमलाई मोर्डन टच दिन ग्लास टप भएको कफी वा सेन्टर टेबुल छनोट गर्न सकिन्छ । बोल्ड लुकका लागि मोर्डन फर्निचरका साथमा स्टाइलिस लाइटिङ मिलाउनुपर्छ । यसका लागि स्टाइलिस टेबल, ल्याम्प, क्यान्डल स्ट्यान्ड आदि प्रयोग गर्न सकिन्छ । फूल साइज पर्दाबाट पनि कोठालाई मोर्डन लुक दिन सकिन्छ । यसको प्रयोग पार्टिसनका लागि पनि गर्न सकिन्छ । ब्ल्याक एण्ड ह्वाइट फोटो फ्रेम, पुरानो भित्ते घडी तथा पुराना चलचित्रका पोस्टरले भित्तालाई रेट्रो लुक दिन्छन् ।

ओरेन्ज, ब्राइट रेड, डिप ब्लु, लेमन एलो, फुसिया पिंक, पर्पल आदि ब्राइट कलरका डेकोरेटिभ आइटम खरिद गर्नुपर्छ । कलर्ड ल्याम्पले पनि घरलाई रेट्रो लुक प्रदान गर्छ । विभिन्न तस्बिरयुक्त कुसन कभरले सोफाको मेकओभर गर्नुपर्छ । लेरी फेब्रिक प्रयोग गरेर पनि आफ्नो घरलाई रेट्रो लुक दिन सकिन्छ । कोठाको भित्तामा बेबी पिंक कलर पेन्ट गरिएको छ भने साथमा ग्रे सिल्भर कलरको एसेसरिज उपयुक्त हुन्छ । बालबालिकाहरूको कोठालाई सफ्ट टोयजले सजाउन सकिन्छ । सफ्ट लुकका लागि कोठामा कमभन्दा कम फर्निचर राख्नुपर्छ ।

इन्टेरियर डेकोरेसनमा बुड, बाम्बो, केराका पात, पत्थर आदि प्रयोग गर्न सकिन्छ । यिनको प्रयोगले घरमा फ्रेन्डली एवं स्टाइलिस लुक प्राप्त हुन्छ । नेचुरल लुकका लागि बोट–बिरुवाले घर सजाउनुपर्छ । यसका लागि इन्डोर प्लान्ट प्रयोग गर्न सकिन्छ । नेचुरल सिनरी पनि घरलाई इको फ्रेन्डली लुक दिन उपयोगी हुन्छ । कृत्रिम झरना वा फोहराबाट पनि घर सजाउन सकिन्छ ।

 Image