Successfully Copied

माघ महिनाको राशिफल

दाम्पत्य जीवनमा प्रगाढता छाउनेछ । कतै घुुमघाम गर्न जाने अवसर प्राप्त हुनसक्छ । सानातिना समस्या आइलागे पनि समाधान पनि छिटै हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर प्राप्त होला ।

मेष 

दाम्पत्य जीवनमा प्रगाढता छाउनेछ । कतै घुुमघाम गर्न जाने अवसर प्राप्त हुनसक्छ । सानातिना समस्या आइलागे पनि समाधान पनि छिटै हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर प्राप्त होला । साथीभाइ एवं इष्टमित्रसित भेटघाट हुनेछ । अनावश्यक खर्च हुुनसक्छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ भने मनोरञ्जनका लागि केही खर्च हुुनेछ ।

वृष

कुुनै विशेष कार्यमा सफलता मिल्नेछ । मुुद्दामामिलामा सफलता हात पर्नुुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । पारिवारिक खुुसी प्राप्त हुनेछ । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ । विभिन्न कुुराको लाभ हुुनेछ । व्यावसायिक क्षेत्रमा पनि सफलता हात लाग्नेछ । काम गर्दा आकस्मिक त्रुुटि हुनसक्छ, सजग रहनुुपर्ने समय छ । राम्रो व्यवहार गर्दागर्दै पनि श्रीमान्सँग विवाद हुुनसक्छ ।

मिथुन 

आफूले  गरेको कामको प्रतिफल कस्तो होला भनेर त्रास उत्पन्न हुुनसक्छ । काममा जाँगर चल्नेछैन । रक्तचाप घटबढ होला । पारिवारिक खुुसी मिल्नुुका साथै सन्तानबाट पनि सन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा ठाकठुुक परिरहला । कलहको योग छ । विभिन्न सरसामानको जोहो हुुनेछ । कुुनै कुुरामा विशेष लाभ हुुनसक्छ ।

कर्कट 

यात्राको योग देखिन्छ । नयाँ रोजगारीको सम्भावना छ । प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । घरमा भाउजू–बुुहारी भित्रन सक्छन् । रक्तचापको मात्रा घटबढ हुुनसक्ने भएकाले खानपिनमा सजग रहनुुहोला । श्रीमान् तथा परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । इष्टमित्रबाट अपजस आइलाग्नसक्ने भएकाले व्यवहारिक कार्य गर्दा सजग रहनुुहोला । 

सिंह 

चिन्ता हट्नुुका साथै शरीर पनि चंगा रहनेछ । जोस–जाँगर बढ्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । छोराछोरीले कुुनै कुुरामा ढिपी गर्नसक्छन् । जीवनसाथीसँग सामान्य खटपट पर्नसक्छ । वैवाहिक कार्यक्रममा सहभागी हुुनुुपर्ला । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न केही परिश्रम गर्नुुपर्नेछ । काममा अपजस आइलाग्ने भएकाले बोली एवं व्यवहारमा सतर्कता आवश्यक छ । 

कन्या 

विभिन्न कुुराको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । कुुनै कुुराले मन चञ्चल एवं दोमन हुुनेछ । कुुनै विशेष काममा सफलता हात पर्नेछ । काममा धैर्यता एवं शान्त स्वभावको खाँचो पर्नेछ । विवेकले काम गर्नसके प्रतिद्वन्द्वीहरूले घुुँडा टेक्नेछन् । परिवार एवं इष्टमित्रसित रमाइलो समय यापन गर्ने अवसर जुट्नेछ । उपहार एवं आर्थिक लाभ प्राप्त हुने योग छ । 

तुला 

कुुनै कुुरालाई लिएर परिवारमा वैचारिक मतभेद हुुनसक्छ । अचानक रिस उठ्न सक्छ । सकारात्मक रही कार्य गर्नसके मन चिन्तारहित एवं भयमुुक्त हुनेछ । कामका साथ आफ्ना लागि पनि केही समय छुुट्ट्याउनुु होला । पारिवारिक जमघट हुुनुुका साथै इष्टमित्रसित भेटघाट गर्ने मौका मिल्नेछ । वैवाहिक कार्यक्रम तथा भोजभतेरमा सहभागी हुनुपर्नेछ ।

वृश्चिक 

मनको बोझ हट्नेछ । जोस–जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । कुुनै विशेष कार्यका लागि यात्रा हुुनसक्छ । नवीन रोजगारीको सम्भावना छ । इच्छानुुरूप सबै कार्य सम्पन्न हुुनेछन् । बैंक–ब्यालेन्स बढ्नेछ । व्यवसायिक क्षेत्रमा सफलता हात लाग्नेछ । परिवारका सदस्य एवं इष्टमित्रबीच समय बित्नेछ । मन आनन्दित रहनेछ ।

धनु

आफ्नै प्रभुुत्वमा सबै कार्य सम्पन्न भए पनि कुुनै कुुराले मन चिन्तित हुनसक्छ । पारिवारिक सहयोग एवं सद्भाव प्राप्त होला । अपेक्षाअनुुरूप सफलता हात पार्न निकै परिश्रम गर्नुुपर्नेछ । टाउको एवं आँखा दुुख्नुुका साथै काममा मन नजान सक्छ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुका साथै रिसलाई काबुमा राखी, शान्त भएर काम गर्नुहोला । 

मकर

कुुनै विशेष कार्यका लागि यात्रा हुुनसक्छ । पारिवारिक सुुख–समृद्धि वृद्धि हुनेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुुने सम्भावना प्रबल छ । जिम्मेवारीले गर्दा व्यस्त भइएला । पेटसम्बन्धी समस्या उत्पन्न हुुनसक्ने भएकाले खानपानमा सजग रहनुुहोला । दाम्पत्य जीवन सुुखमय रहनेछ । मुुटुु एवं रक्तचापका रोगीहरूले स्वास्थ्यमा विशेष सजगता अपनाउनुुपर्नेछ ।

कुम्भ 

पारिवारिक सुुख एवं सहयोग प्राप्त हुनेछ । छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । तपाईंको बोली एवं कार्यकुुशलताबाट सबै प्रभावित हुनेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ । श्रीमान्ले आफ्नो पनि सुुख–दुु:खको ख्याल राख्नेछन् । नवविवाहिताहरूले घरपरिवारबाट अपेक्षित सहयोग एवं जस प्राप्त गर्नेछन् । भ्रमणको अवसर जुट्न सक्छ ।

मीन 

धार्मिक कार्यमा मन जानेछ । अपेक्षाअनुुरूप सफलता प्राप्त हुनुका साथै हर्ष वृद्धि हुनेछ । कार्यविशेषले यात्रा गर्नुुपर्ने हुुनसक्छ । विवाहको योग छ । घरपरिवार एवं साथीभाइबाट सहयोग प्राप्त हुनेछ । माइतीसँग भेटघाट गर्ने अवसर जुुर्नेछ । उपहार प्राप्त होला । प्राय: सबै कुुरा आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुुनेछन् । अभिनन्दित हुने अवसर समेत प्राप्त होला । 

 Image