Successfully Copied

सहज छ इन्टेरियर वार्म लुक

जाडो मौसममा न्याना कपडा तथा एसेसरिजले शरीर न्यानो बनाएजस्तै घरभित्रको वातावरण पनि त्यत्तिकै न्यानो बनाउनु आवश्यक हुन्छ ।

जाडो मौसममा न्याना कपडा तथा एसेसरिजले शरीर न्यानो बनाएजस्तै घरभित्रको वातावरण पनि त्यत्तिकै न्यानो बनाउनु आवश्यक हुन्छ । घरभित्र पस्दा न्यानो र सहज महसुस भएन भने बसाइ आरामदायी हुँदैन । घर न्यानो बनाउने विभिन्न उपाय छन् । 

घरभित्रको कोठा एवं किचेनमा डार्क अर्थात् वार्म कलर प्रयोग गर्नुपर्छ जसले न्यानोपनको आभास दिन्छ । घरमा पेन्ट, अपहोल्स्टेरी, फर्निसिङ एवं डेकोरेटिभ वस्तुहरूमा वार्म कलर प्रयोग गरी न्यानो महसुस गर्न सकिन्छ । डार्क कलरका पर्दा, कुसन कभर, कार्पेट आदि प्रयोग गर्दा त्यसले तातो सोस्छ र कोठालाई न्यानो बनाउँछ । 

जाडोमा कोठा चिसिन्छ भनेर दिउँसो 

झ्याल–ढोकाहरू पूरै बन्द गर्ने चलन छ । यसरी गुम्म हुने गरी झ्याल–ढोका बन्द गरिराख्दा ढुसी लाग्ने तथा कोठा गन्हाउने समस्या देखा पर्नसक्छ । प्राकृतिक उज्यालो र घामले कोठालाई न्यानो बनाउने हुँदा यो मौसममा सूर्यबाट आउने घाम तथा उज्यालो कोठामा छिर्न दिनुपर्छ । त्यसैले म्यानपुलेट नेचुरल एवं आर्टिफिसियल डे लाइट कोठामा बढीभन्दा बढी छिर्नुपर्छ । कोठाका कुनाहरूमा ल्याम्प विथ वार्म लाइट प्रयोग गर्न सकिन्छ भने ठाउँठाउँमा ह्यांगिङ ल्याम्प राख्दा कोठा न्यानो हुन्छ । 

घरमा मेटलका फर्निचर छन् भने बाक्लो डिजाइनर कपडा तथा फोमले छोपेर राख्दा न्यू लुक प्राप्त हुनुका साथै चिसो पनि हुँदैन । अन्य फर्निचरमा पनि खोल हाल्न सकिन्छ । फर्निचर एंगुलर र फर्मल रूपमा राख्नुभन्दा रेक्ट्यांगुलर, स्क्वायर वा एउटै सेपमा नजिक–नजिक राख्नु उपयुक्त हुन्छ । फर्निचरलाई भित्तामा टाँसिने गरी राख्नुहुँदैन । घरको भुइँ टायल वा मार्बलको छ भने निकै चिसो हुन्छ । कतिपयमा यसले खुट्टा दुख्ने समस्या पनि सिर्जना गर्छ । सकेसम्म पार्केटिङ वा वुडन फ्लोर प्रयोग गर्नुपर्छ । टायल वा मार्बलयुक्त घरमा भने नेपाली गलैंचा वा न्याना खालका कार्पेट बिछ्याउन सकिन्छ । विभिन्न आकार, रंग एवं डिजाइनमा उपलब्ध गलैंचाले घरलाई क्लासी एवं कोजी लुक्स प्रदान गर्छन् । 

बेडरुमका दराज हावा आवतजावत हुने गरी बनाउनुपर्छ अन्यथा पहिरनमा ढुसी पर्न वा ओसिएजस्तो हुनसक्छ । लिभिङ रुममा ताजा सुगन्धित फूलहरू स्टाइलिस्ट फूलदानीहरूमा राख्न सकिन्छ । फूलको सुगन्धले घरको वातावरण रोमाञ्चक बनाउनुका साथै न्यानो समेत महसुस गराउँछ । 

झ्यालका पर्दा फेरेर पनि घरलाई न्यानो राख्न सकिन्छ । हिजोआज ढाकाको कपडा, नेपाली कपडा तथा अल्लोको पर्दा राख्ने चलन छ । न्यानो हुने तथा प्राकृतिक देखिने भएकाले जाडो मौसममा गर्मीमा प्रयोग गरिने नेट, सिल्क एवं कटनका पर्दा हटाई अल्लो एवं बाक्लो फेब्रिकका पर्दा राख्नु 

उपयुक्त हुन्छ । 

किचेनमा चिम्नी अनिवार्य रूपमा राख्नुपर्छ । चिम्नीले गर्दा खानाको वासना भान्सामा फैलन वा धूवाँ गुम्सन पाउँदैन । किचेनमा ताजापन रहन्छ । बाथरुमको झ्याल पनि खुल्ला राख्नुपर्छ । जाडो छ भनेर सबै झ्याल–ढोका बन्द गरेर ग्यास गिजर प्रयोग गर्दा दुर्घटना भएका थुप्रै उदाहरण छन् । 

सकेसम्म फल्स सिलिङ राख्नुपर्छ । कोठाको उचाइ घट्दा न्यानो महसुस हुन्छ । गर्मीमा पनि फल्स सिलिङले तापक्रम नियन्त्रण गर्ने हुँदा फल्स सिलिङ सबै मौसमका लागि उपयुक्त हुन्छ । फल्स सिलिङ राख्न सम्भव नभए सिलिङमा डार्क सेडको कलर लगाउनुपर्छ । 

निष्ठा गिरी, इन्टेरियर डिजाइनर 

 Image