हाम्रो छालामा इपिडर्मिस, डर्मिस तथा सब क्युटेनियस टिस्यु गरी तीन तह हुन्छन् ।
इपिडर्मिसको सबैभन्दा तल्लो तहमा मेलानोसाइड भन्ने कोशिका हुन्छ जसले छालालाई रंग दिने काम गर्छ ।
हाम्रो छालामा इपिडर्मिस, डर्मिस तथा सब क्युटेनियस टिस्यु गरी तीन तह हुन्छन् ।
इपिडर्मिसको सबैभन्दा तल्लो तहमा मेलानोसाइड भन्ने कोशिका हुन्छ जसले छालालाई रंग दिने काम गर्छ ।
छालामा चायाँ–पोतो तथा दाग–धब्बाहरू पनि यही मेलानोसाइडका कारण आउँछन् ।
छालामा चायाँ–पोतो आउनुमा वंशानुगत हार्मोन तथा घामको विकिरण (अल्ट्रा–भ्वाइलेट रे) को मुख्य भूमिका हुन्छ ।
यो समस्याको समाधानका लागि डाक्टरी उपचारका साथै बिहान १० देखि २ बजेसम्मको घामबाट जोगिने, सनस्क्रिन लगाउने, छाता बोक्ने, ह्याट लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ ।
गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ ।