नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।

अञ्जु पन्त, अप्रेसन म्यानेजर बिओके लुम्बिनी बैंक
बचत भनेको के हो ?
आफ्नो आयबाट खर्च घटाएर बचेको रकमलाई बचत भनिन्छ । अहिले बैंकले विभिन्न विकल्पमा बचतका अप्सन ल्याएका छन् । आफूलाई सजिलो हुने बचत खाता खोली बचत गर्न सकिन्छ । बचत गर्ने बानी विशेषगरी महिलाहरूमा हुन्छ । घरमा भन्दा बैंकमा बचत गर्नाले व्याज पाइनुका साथै बचत सुरक्षित हुन्छ ।
बचत खाता कति प्रकारका हुन्छन् ?
बचत खाता ३ प्रकारका हुन्छन् तर पनि बैंकहरूले आफ्नो हिसाबले विविध नाम दिएर बचत खाता संचालन गरेका छन् । चल्ती, बचत तथा मुद्दती खाता सबै बंैकमा हुन्छन् । त्यसबाहेक गृहिणी बचत, बाल बचत, शेयर बचत विविध नामका बचत खाता अहिले बैंकहरूले संचालनमा ल्याएका छन् ।
बचत खातामध्ये कुन बचत खाता महिलाहरूलाई उपयोगी हुन्छ ?
महिलाहरूले बचत गर्न सुरु गरेपछि सकेसम्म अत्याश्यक नपरी बैंकबाट पैसा निकाल्दैनन् । त्यस हिसाबले बचत खाता उपयोगी छ । यसमा पैसा राखेबापत उनीहरूले व्याज पनि पाउँछन् । त्यसैले उनीहरूले आफ्नो खर्च टार्न सक्छन् । आफूसँग भएको बचतबाट व्याज आर्जन गर्नेहरूलाई यो खाता निकै उपयोगी छ ।
बचत खाताका बेफाइदा के–के छन् ?
यसका खासै बेफाइदा छैनन् । आफूसँग भएको पुँजीलाई सुरक्षित राखी बंैकको नियमअनुसार निकाल्न सकिन्छ । मुद्दती, ट्रेजरी बिल तथा सीडीएफभन्दा कम व्याज प्राप्त हुनु यसको बेफाइदा हो ।
मुद्दती खाता कति उपयोगी छ ?
आफूसँग भएको बढी पँुजीलाई घरमा राख्न सुरक्षाको हिसाबले उपयुक्त हुँदैन । त्यसैले यसलाई ५ वर्ष तथा १० वर्षका लागि मुद्दती खातामा राख्न सकिन्छ । यसमा व्याजदर पनि बढी हुन्छ । बैंकको नियमअनुसार ३ महिनामा १ पटक व्याज निकाल्न सकिन्छ । कुनै बखत पैसा चाहिएको अवस्थामा आफ्नो बचतको ९० प्रतिशतसम्म ऋण लिन सकिन्छ ।