स्वास्थ्य र सौन्दर्यका लागि नरिवलको तेल
पुस ४, २०७३
नरिवलको तेलले क्लिन्जरको काम गर्छ । राति कटन बलमा नरिवलको तेल हालेर मसाज गर्दा अनुहार सफा हुन्छ । यसले छालाबाट विषालु तत्त्व बाहिर निकाल्छ र डार्क स्पट्स पनि हटाउँछ । छाला सुख्खा छ भने नुहाउनुपूर्व एक्स्ट्रा वर्जिन कोकोनट ओयलको मोइस्चराइजर प्रयोग गर्नु लाभदायक हुन्छ ।
नरिवलको तेललाई मेकअप रिमुभरका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यो सुरक्षित भएकाले यसबाट आई मेकअप पनि हटाउन सकिन्छ ।यसबाट आँखा वरपर मसाज गर्दा त्यहाँका मसिना रेखाहरू हट्नुका साथै पफी आइजको समस्या पनि निराकरण हुन्छ । नरिवलको तेलले केशलाई मजबुती एवं पोषण प्रदान गर्छ । यो तेललाई हल्का तातो बनाई केशको जरामा मालिस गर्दा केश बाक्लो तथा चम्किलो हुन्छ ।
यसले केशको डिप कन्डिसनिङ गर्छ । राति नरिवलको तेल लगाएर सुत्ने, नियमित रूपमा यसको प्रयोग गर्दा हाँगा फाट्ने एवं केश सुख्खा हुने समस्या समाधान हुन्छ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्