तिहार र अष्टलक्ष्मी
धर्मप्रतिको विश्वास र अनेकौं धार्मिक अनुष्ठानको प्रचलन यहाँ सबैतिर देख्न पाइन्छ । समय–समयमा विकसित भएका वैज्ञानिक विकासका अवधारणामा पनि परम्परागत मूल्य र मान्यताको सौन्दर्य झल्किनु नै यहाँको सांस्कृतिक वैभवको प्रतीक हो ।

कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् ।
सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन् ।
सोमबार बिहान भएको कार्यक्रममा पुष्पालाई ‘सीएनएन सुपर हिरो’ घोषित गरियो । सन् २०१२ मा उनले सीएनएन हिरोको उपाधि जितेकी थिइन् । सीएनएन हिरोको १० औं संस्करण पुगेको अवसरमा ‘सीएनएन सुपर हिरो’ आयोजना गरिएको हो ।