तीजमा व्यस्त सुनिता
मेरा प्रायः तीज गीत सबै महिलामा समर्पित छन् । सोचमा परिवर्तन ल्याउने खालका सन्देश बोकेका छन् । परिवर्तनका पक्षमा छन् । माया–प्रेम र सम्बन्धभन्दा पनि विकास र परिवर्तनका लागि मेरा गीतले भूमिका खेलेका छन् ।
कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् ।
सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन् ।
सोमबार बिहान भएको कार्यक्रममा पुष्पालाई ‘सीएनएन सुपर हिरो’ घोषित गरियो । सन् २०१२ मा उनले सीएनएन हिरोको उपाधि जितेकी थिइन् । सीएनएन हिरोको १० औं संस्करण पुगेको अवसरमा ‘सीएनएन सुपर हिरो’ आयोजना गरिएको हो ।