Successfully Copied

रुघा भगाउने घरेलु उपाय

रुघाखोकीका कारण अल्छी लाग्छ र मानिसहरू ओछ्यानमै बस्न रुचाउँछन् ।

हट साबर : रुघाखोकीका कारण अल्छी लाग्छ र मानिसहरू ओछ्यानमै बस्न रुचाउँछन् । १२ घन्टाभित्र यदि रुघाबाट छुटकारा प्राप्त गर्न चाहने हो भने बिहानीपख हट साबर लिनुपर्छ अर्थात् बिहान उठ्नेबित्तिकै तातोपानीले नुहाउनुपर्छ । 

बेसारयुक्त दूध वा जुस : रुघाका कारण भोक लाग्दैन । नास्ता नगर्दा रुघाका कीटाणु अझ बढी सक्रिय हुन्छन् । यदि रुघाबाट छिटै मुक्ति प्राप्त गर्ने हो भने बिहान नास्ता गर्नुपर्छ । सकिन्छ भने नास्तामा बेसार हालिएको दूध पिउनुपर्छ । दूध पिउने चाहना नभए सुन्तलाको जुस पिउनुपर्छ । सुन्तलामा भिटामिन सी हुन्छ, जसले रुघालाई निको पार्न सहयोग गर्छ । भिटामिन सीले इम्युन सिस्टम पनि बलियो हुन्छ । 

स्टिम : रुघा लाग्दा नाक बन्द हुन्छ । यस्तोमा श्वास लिँदा समस्या हुन्छ । बन्द नाक खोल्न कतिपय अवस्थामा औषधि प्रयोग गर्नुपर्छ । यद्यपि औषधिभन्दा स्टिम लिनु उपयुक्त हो । यो बन्द नाकको प्रभावकारी समाधान हो । यसबाट कफ बाहिर निस्कन्छ र राहत प्राप्त हुन्छ । चाँडै राहत प्राप्त गर्न दिनमा तीन पटकसम्म स्टिम लिनुपर्छ । 

एक्सरसाइज : रुघा लाग्दा शरीरलाई पूर्णरूपमा शिथिल हुन दिनु हँ‘दैन । आफ्नो काम गरिरहनुपर्छ । चाँडै राहत प्राप्त गर्न एक्सरसाइज गर्नुपर्छ । यसबाट ब्लड सर्कुलेसन वृद्धि हुन्छ । जसबाट शरीरमा गर्मी बढ्छ र रुघाबाट राहत प्राप्त हुन्छ । एक्सरसाइजबाहेक बेडबाट उठेर केही 

क्षण टहल्नुपर्छ । 

तातो सूप : रुघाबाट राहत प्राप्त गर्न घरमै तयार पारिएको तातो सूप पिउन सकिन्छ । पटक–पटक सूप पिउँदा रुघाबाट राहत 

प्राप्त हुन्छ । 

हर्बल चिया : केही समयमै रुघाबाट राहत प्राप्त गर्ने हो भने साधारण चियाको साटो हर्बल चिया सेवन गर्नुपर्छ । यसमा अदुवा, मरिच, तुलसी, दालचिनी आदिको मिश्रण हुन्छ । 

स्पाइसी करी : राति डिनरमा सादा दालको साटो मसलायुक्त तरकारी बनाउनुपर्छ । यसमा अदुवा, लसुनको पेस्टका साथै सबै गरम मसला हाल्नुपर्छ । तातो करीमा हालिने गरम मसलाले रोगप्रतिरोधक क्षमता बढाउँछ ।

 Image