Successfully Copied

घरमै फेसियल गर्ने ट्रिक्स

यो उमेरमा कुनै पनि केमिकल प्रयोग गर्नु हुँदैन ।

टिनएजरका लागि 

यो उमेरमा कुनै पनि केमिकल प्रयोग गर्नु हुँदैन । यो उमेरमा हर्बल तथा फ्रुटले ट्रिटमेन्ट गर्नुपर्छ । यसका लागि अदुवा, बेसार, पुदिनाको पात, काँक्रा तथा महको प्याकले लाभ पुर्‍याउँछ ।  

सुख्खा छाला

सुख्खा छालालाई  घरमै निर्मित मोइस्चराइजर प्रयोग गरी ठीक पार्न सकिन्छ । काँचो दूधमा बदाम भिजाएर राख्ने । भोलिपल्ट बदामको बोक्रा निकालेर पेस्ट बनाई आइसक्युबमा जमाउने । जमेपछि कपडामा हालेर अनुहारमा क्लक वाइज र एन्टी क्लक वाइज मसाज गर्ने । २० मिनेटपछि चिसो पानीले अनुहार धोएर मोइस्चराइजर लगाउने । यसबाट अनुहारमा चमक आउँछ । 

तैलीय छाला

तैलीय छालामा डन्डिफोर बढी आउँछ । डन्डिफोर नियन्त्रण गर्न तातोपानीले अनुहार धुनुपर्छ । चिल्लो छालामा फिटकिरी पाउडरलाई कम्प्याक लगाएजस्तै लगाउने । यसलाई जति समयसम्म राखे पनि हुन्छ । पछि मनतातो पानीले अनुहार धुने । जस्तोसुकै चिल्लो छाला पनि यो विधिमार्फत नियन्त्रणमा आउँछ । पछि मेवाको प्याक २ मिनेटजति लगाएर पखाली ओइल कन्ट्रोल क्रिम लगाउने ।

चमकका लागि

गाजर, अंगुर र बन्दाको पेस्ट बनाउने । यो पेस्ट हप्ताको २–३ पटक लगाउनुपर्छ । यो पेस्ट कपासमा भिजाएर सर्कल गरी २० मिनेटजति मसाज गर्दा त्यसले टोनिङको  काम गर्छ र छालाको चमक पनि बढाउँछ । 

साठी  वर्षपछि 

यो उमेरमा छाला परिपक्व हुन्छ तसर्थ यो उमेरमा सतर्कतापूर्वक छालाको हेरचाह गर्नुपर्छ । यो उमेरका महिलाहरूको छाला खुकुलो हुँदै जाने भएकाले अण्डाको पहेंलो भाग, पाउरोटीको बीचको भाग, पाउडर दूध, बेसार तथा महको पेस्ट फेसमा लगाउने । सुकेपछि बिस्तारै पानीले भिजाएर पुछ्ने । पुछेको मिलेन भने चाउरी अझ बढ्नसक्छ । 

 Image