Successfully Copied

पुरानो टुथब्रसद्वारा सफाइ

चिकित्सकहरू दाँतको सुरक्षाका लागि पुराना टुथ ब्रस प्रयोग नगर्ने सल्लाह दिन्छन् ।

चिकित्सकहरू दाँतको सुरक्षाका लागि पुराना टुथ ब्रस प्रयोग नगर्ने सल्लाह दिन्छन् । पुराना ब्रसद्वारा दाँत सफा गर्दा गिजामा समस्या आउनुका साथै दाँतको भित्रसम्म सफाइ हुन सक्दैन । यद्यपि यिनै पुराना ब्रसको प्रयोगद्वारा घरमा भएका विभिन्न सामग्री सफा गर्न सकिन्छ । 

जुत्ता

बिहानै बालबालिकालाई विद्यालयका लागि तयारी गर्दा सर्वप्रथम उनीहरूका जुत्तामा ध्यान दिनुपर्छ । खेल्ने वा उफ्रने उमेरका केटाकेटीहरूको जुत्ता हमेसा फोहोर रहन्छ । यस्ता जुत्ता सफा गर्न वा पोलिस गर्न पुराना टुथब्रस प्रयोग गर्न सकिन्छ । ब्रसलाई डिटरजेन्ट पानीमा डुबाएर जुत्ता सफा गर्दा त्यसमा लागेको धूलो–माटो सहजै हटाउन सकिन्छ ।

 

स्टोभ

ग्याँस स्टोभमा लागेको फोहोर पनि पुराना टुथब्रसको सहायताले सफा गर्न सकिन्छ । ब्रसलाई साबुन पानीमा डुबाएर ग्यास स्टोभमा रगड्ने हो भने सजिलै त्यसको चिप्लोपनका साथै फोहोर निकाल्न मद्दत मिल्छ । 

 

कपडा

वासिङ मेसिनमा कपडा धोइसकेपछि पनि कतिपय लुगाको दाग नजान सक्छ । यस्तो अवस्थामा ब्रसलाई सर्फ पानीमा डुबाई दाग भएको ठाउँमा रगड्नुपर्छ । यसले जस्तोसुकै दाग पनि जान्छ ।

 

अन्डरआर्म

काखी गन्हाउने समस्या धेरैमा हुन्छ । पसिना वा अन्य कारणले अन्डरआर्म दुर्गन्धित भएको छ भने बडी वासमा ब्रस चोबेर सफा गर्न सकिन्छ तसर्थ पुराना टुथब्रस फ्याँक्नुको साटो त्यसको पुन: प्रयोगमा जोड दिनुपर्छ ।

 

कफी मेकर

कफी मेकरको बिर्को खोलेर एक चम्चा भिनेगर तथा एक चम्चा पानी हाली ब्रसले राम्रोसँग रगड्दा त्यहाँ जमेर बसेको फोहोर सफा हुन्छ ।

 

बाथरुम टायल्स

पुरानो टुथब्रसद्वारा बाथरुमको टायल सफा गर्न सकिन्छ । डिटरजेन्टमा थोरै कागतीको रस मिसाएर टायलमा खन्याई ब्रसले घोट्दा टायल्स पूर्णरूपमा सफा भै चम्किलो तथा आकर्षक देखिन्छ ।

 

सिंक तथा बाथरुम आउटलेट

पुरानो टुथब्रसको सहायताले सिंक तथा बाथरुम पनि सफा गर्न सकिन्छ । यसका लागि ब्रसलाई डिटरजेन्टमा भिजाएर फोहोर भएको ठाउँमा घोट्दै जानुपर्छ । 

 Image