Successfully Copied

मोबाइल : फेसन कि बाध्यता

नेपालमा केही वर्ष अगाडि मात्र मोबाइल कल्पना थियो तर आज मोबाइल नबोक्ने कमै होलान् ।

नेपालमा केही वर्ष अगाडि मात्र मोबाइल कल्पना थियो तर आज मोबाइल नबोक्ने कमै होलान् । यतिखेर मोबाइल र मानव पूरक समेत बन्न पुगेको पनि छ । विगत केही वर्षदेखि त यसले एक प्रकारको क्रान्ति नै ल्याइदिएको छ । मोबाइललाई कसरी प्रयोग गरिरहनु भएको छ त ? गरौं  परीक्षण :

१.    अस्पतालमा बिरामीसँग गफ गर्दै हुनुहुन्छ । यतिखेरै तपाईंको मोबाइल घन्टी बजे

    (क)    बिरामीसँग गफ गर्दै मोबाइल पनि रिसिभ गर्नुहुन्छ ।

    (ख)    बिरामीसँग माफ माग्दै वार्डबाट बाहिर निस्कनुहुन्छ ।

    (ग)    मोबाइलको घण्टी कट गरी अर्कोपटक पनि आउला कि भनी स्वीच अफ गर्नुहुन्छ ।

    (घ)    वार्डमा प्रवेश गर्नुपूर्व नै स्वीच अफ गर्नुहुन्छ ।

२.    कतै सपिङमा जाँदा कुनै चीज तपाईंलाई एकदम मन पर्‍यो । एकपटक श्रीमानसँग पनि सल्लाह गर्न मन लाग्यो । साथमा तपाईंसँग मोबाइल पनि छ भने ......

    (क)    काउण्टर वा अरु ग्राहकको सामुन्ने एकदम कराउँदै फोन गर्नुहुन्छ ।

    (ख)    सेल्स गर्लसँग के म आफ्नो श्रीमानसँग सामानको बारेमा सल्लाह लिन सक्छु भन्दै पसल बाहिर गई मोबाइल गर्नुहुन्छ ।

    (ग)    सबैको सामुन्ने श्रीमानसँग मोबाइलमा गफ गर्न लाज मान्नुहुन्छ ।

    (घ)    श्रीमानसँग गफ गरी सामानको भाउमा वार्गेनिङ गर्नुहुन्छ ।

३.    तपाईंको श्रीमान्लाई समेत एउटा साथीको विवाहको निम्तो आयो र त्यहाँ जानुभयो । एकदम घुइँचो थियो तर पनि चिनेको एकजना पनि त्यहाँ उपस्थित थिएनन् । त्यही भीडभाडमा तपाईंको मोबाइलको घण्टी बजेमा ।

    (क)    सबैजना अपरिचित भएकोले मोबाइलमा पनि चिच्याउँदै गफ गर्नुहुन्छ कि ।

    (ख)    बिस्तारै गफ गर्नुहुन्छ, किनकि उपस्थित सबैले तपाईंलाई नै हेरिरहेका हुन्छन् ।

    (ग)    फोन गर्नेलाई विनम्रतापूर्वक विवाहको निम्तोमा छु, पछि आफैं कल गर्छु भन्नुहुन्छ ।

    (घ)    फोनमा त्यहाँ भएको विवाहको गतिविधि बताउन चाहनुहुन्छ ।

४.    कार ड्राइभ गरी अफिस जाँदै हुनुहुन्छ । अचानक अफिसबाट तपाईंलाई साथीले फोन गर्दै एउटा जरुरी फाइलको बारेमा सोधेको खण्डमा के गर्नुहुन्छ ?

    (क)    म अफिस आउँदै छु । अफिसमा नै आएर कुरा गरौंला भन्नुहुन्छ ।

    (ख)    बाटोमा नै मोबाइल मार्फत् बताउँदै कारलाई कन्ट्रोल पनि गर्न सक्नुहुन्न ।

    (ग)    घण्टी बजिरहँदा पनि मोबाइल रेस्पोन्ड नै गर्नुहुन्न ।

    (घ)    मुख बिगार्दै मोबाइलको घण्टी काट्नुहुन्छ ।

५.    एक हप्तासम्म एकदम बेफुर्सदमा समय बित्छ । एकदिन छुट्टी पाउँदा श्रीमान् तथा छोराछोरीसँग बस्न पाउँदा

    (क)    मोबाइलको स्वीच बन्द गर्नुहुन्छ ता कि मोबाइलले पनि डिस्टर्ब नगरोस् ।

    (ख)    मोबाइललाई भ्वाइस मेलमा राखी म्यासेज आउँछ कि भनी पर्खनुहुन्छ ।

    (ग)    सधैं झैं मोबाइल अन नै गरी राख्नुहुन्छ, रिसिभ पनि गर्नुहुन्छ ।

    (घ)    मोबाइल अन नै राखे पनि कल रिसिभ चाहिं गर्नुहुन्न ।

६.    हाकिमसँग जरुरी मिटिङमा बसेका बेला तपाईंको मोबाइलमा रिङ टोन बजे ....

    (क)    मोबाइलको भोल्युम म्युट गर्नुहुन्छ ।

    (ख)    तुरुन्त स्वीच अफ गर्नुहुन्छ ।

    (ग)    हाकिमसँग माफ मागी कोठा बाहिर निस्केर फोन रिसिभ गरी पछि फोन गर्ने वाचा गर्नुहुन्छ ।

    (घ)    कोठामा पस्ने बेलामा मोबाइलको स्वीच बन्द गर्नुहुन्छ ।

७.    ड्राइभमा जाँदा प्राय:

    (क)    मोबाइलको स्वीच अफ गर्नुहुन्छ ।

    (ख)    मोबाइलको भोल्युम म्युट गरी ड्राइभिङ सकेपछि फोन गर्ने व्यक्तिलाई पुन: सम्पर्क गर्नुहुन्छ ।

    (ग)    इयर फोन लगाएर मोबाइल रिसिभ गर्दै ड्राइभिङ गर्नुहुन्छ ।

    (घ)    केही वास्ता नै गर्नुहुन्न ।

८.    जो कसैलाई चिन्नुभन्दा अगाडि नै तपाईंको मोबाइलको नम्बर मागेमा....

    (क)    आफ्नो मोबाइलको नम्बर दिँदै यो व्यक्ति पनि कुनै बेला काम लाग्छ भन्नुहुन्छ ।

    (ख)    आफ्नो बिजनेसको फाइदाको लाग पनि आफ्नो मोबाइलको नम्बर नदिई अफिसको नम्बर दिनुहुन्छ ।

    (ग)    विनम्रतापूर्वक मोबाइल नम्बर दिन इन्कार गर्नुहुन्छ ।

    (घ)    यो मोबाइल मेरो श्रीमान्ले पनि प्रयोग गर्नुहुन्छ । मेरो पर्सनल मोबाइल नै छैन भन्नुहुन्छ ।

स्कोर हेर्नुस् 

    १    २    ३    ४    ५    ६    ७    ८

क    २    २    ०    ५    ५    ०    ५    ०

ख    ४    ५    २    २    ३    ५    ३    ३

ग    ३    ०    ५    ३    २    ३    २    ५

घ    ५    ४    ३    ०    ४    २    ४    ४

३५ देखि ४० नम्बर ल्याउनुभएको छ भने तपाईंले मोबाइल बोकेको पनि सुहाउँछ र तपाईंलाई राम्रो र सफल गृहिणी वा सर्भिस होल्डरको रुपमा लिन सकिन्छ ।

२५ देखि ३५ नम्बर ल्याउनु भएको छ भने तपाईं अनुकरणीय व्यक्तिको रुपमा लिन नसके पनि तपाईंलाई मोबाइल प्रयोग गर्न आए पनि यसको महत्त्वबारे चाहिं कमै मात्रामा ज्ञान छ ।

१५ देखि २५ नम्बर मात्र ल्याउनुभएको छ भने तपाईंले मोबाइल बोक्नुभएको छ तर सदुपयोग गर्न भने जान्नुभएको छैन । यसलाई सही पहिचान गर्नु गराउनु अति आवश्यक देखिन्छ ।

१० नम्बरभन्दा पनि कम ल्याउनुभएको छ भने तपाईंले अरुको देखासिकी र रहरले मात्र मोबाइल बोक्नुभएको हो । त्यसैले मोबाइल नबोक्नु नै राम्रो देखिन्छ ।

 Image