पर्वमा मेकअप
मोडलको अनुहारको सेप मिलेकाले कन्ट्रोल धेरै गर्नुपरेन । तर, अनुहारलाई सही सेप दिनका लागि चिकबोन, नाक, घाँटी, निधारमा हल्का कन्ट्रोल गरिएको छ ।
जोकोही सुन्दर देखिन तथा अरूलाई आफूतर्फ आकर्षित गर्न चाहन्छन् । आफ्नो सुन्दरताका कारण अरूलाई प्रेरित गर्ने इच्छा स्वाभाविक पनि हो । यसका लागि आफूसँग केही कला हुनु जरुरी छ । जसले सुन्दर बन्न सहयोग गर्छ र अरुलाई पनि आफ्नो सुन्दरताको जादुले मोहित तुल्याउन सकिन्छ ।