Successfully Copied

ककटेल तथा मोकटेल

भोड्का ६० एमएल, कोकोनट सिरप १० एमएल, ब्लु क्युकारो १० एमएल, लाइमजुस १५ एमएल,

बार मास्टर राज कुमार डिसी, स्कुल अफ बार एण्ड बेभरेज अनामनगर 

कोको फुज ककटेल 

सामग्री :

भोड्का ६० एमएल, कोकोनट सिरप १० एमएल, ब्लु क्युकारो १० एमएल, लाइमजुस १५ एमएल, पाइनएप्पल जुस ३० एमएल, मार्टिनी, कलर ब्लु, गार्निस पाइनएप्पल विथ चेरी तथा आवश्यक ग्लास ।सबैलाई एकसाथ मिसाएर सेक गरी ग्लासमा राख्ने अनि गार्निस गरेर सर्भ गर्ने । 

केप कोडर ककटेल 

सामग्री :

भोड्का ४५ एमएल, केनबेरी जुस ६० एमएल, रातो रंग, लेमन स्लाइसलाई मिसाएर सेक गर्ने । यसलाई लेमन स्लाइसले गार्निस गर्ने । 

यु माई रोसी ककटेल 

सामग्री :

ह्वाइट रम ६० एमएल, ह्वाइट पार्ट अप एग, रोज सिरप १० एमएल, सुगर सिरप १० एमएल, लेमन वेज, एक्गोचुरा विटर । 

सबैलाई मिसाएर ग्लासमा सर्भ गर्ने । 

ट्रिपल डिजाएर ककटेल

सामग्री

भोड्का ६० एमएल, ग्रेनाडाइन सिरप २० एमएल, अरेन्ज जुस ६० एमएल, लेमन जुस १० एमएल, तीन रंग रातो, सुन्तला र नीलो, ग्लास कोलिन्स । 

सबै लिकर मिसाएर लेमन वेज राखी गार्निस गरेर सर्भ गर्ने । 

हेडओभर हिल

सामग्री :

भोड्का ६० एमएल, लेमन जुस १५ एमएल, लेमोनाइड, ग्रेनाडाइन सिरप, कोलिन्स ग्लास तथा लेमन स्पाइरल । 

सबै लिकर ग्लासमा मिश्रण गरेर लेमन स्पाइरलले गार्निस गर्ने ।

मिन्ट जुलेप

सामग्री :

ह्विस्की ६० एमएल, मिन्ट लिफ, सुगर क्युब ३, आइस क्रस सबै सामग्री मिलाएर ग्यासमा मिन्ट जुलेप तयार गर्न सकिन्छ । 

फ्रोजन पाइनएप्पल डाइकुरी 

सामग्री 

ह्वाइट रम ४५ एमएल, ट्रिपल सेक १५ एमएल, लेमन जुुस १५ एमएल, पाइनएप्पल चंक ५ पिस । 

ग्लासमा सबै सामान मिसाएर फ्रोजन पाइनएप्पल डाइकुरी तयार गर्न सकिन्छ । 

तस्विरहरु : नवराज वाग्ले 

 Image