Successfully Copied

भर्सटायल मलिना

धेरैजसो मिस नेपाल ग्ल्यामर क्षेत्रबाट टाढा छन् भने कतिपय विदेशमा छन् । तीमध्ये केही मात्र मनोरञ्जन क्षेत्रमा आफूलाई स्थापित गर्ने दौडमा छन् । यसरी चलचित्र क्षेत्रमा स्थापित हुने दौडमा लागेकी सन् २०११ की मिस नेपाल हुन्–मलिना जोशी । चलचित्र रितुबाट डेब्यु गरेकी मलिनाले

धेरैजसो मिस नेपाल ग्ल्यामर क्षेत्रबाट टाढा छन् भने कतिपय विदेशमा छन् । तीमध्ये केही मात्र मनोरञ्जन क्षेत्रमा आफूलाई स्थापित गर्ने दौडमा छन् । यसरी चलचित्र क्षेत्रमा स्थापित हुने दौडमा लागेकी सन् २०११ की मिस नेपाल हुन्–मलिना जोशी । चलचित्र रितुबाट डेब्यु गरेकी मलिनाले झुम्की, विनर, संरक्षक तथा लीला आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् । मिस नेपाल भएपछि चलचित्र क्षेत्रमा प्रवेश गरेकी मलिनालाई पहिलो चलचित्र रितुबाट अफर आउँदा दोमन भएको थियो तर कथा मन परेपछि उनी अभिनयमा होमिइन् । मलिनाले रितुमा काम गरको दुई वर्षपछि मात्र आफ्नो दोस्रो चलचित्रमा अभिनय गरिन् । मलिना अहिले मोडलिङ, कार्यक्रम सञ्चालन, कोरियोग्राफी, म्युजिक भिडियो, विज्ञापन तथा चलचित्र आदिमा सक्रिय छिन् । उनले मिस भूटान यूएस, मिस नेपाल यूएस, मिस नेपाल क्यालिफोर्नियाजस्ता विदेशमा सम्पन्न इभेन्टको कोरियोग्राफी गरिसकेकी छिन् । 

कार्यक्रम तथा चलचित्रको सिलसिलामा थुप्रै पटक विदेश पुगे पनि उनमा विदेश बस्ने मोह कहिल्यै भएन । घुम्न र कामको सिलसिलामा गए पनि बस्ने गरी कहिल्यै विदेश नजाने उनको प्रण छ । आकर्षक जिउडालकी मलिना आफ्नो फिटनेसको रहस्य जिम, जुम्बा, डान्स तथा डाइट केयरलाई मान्छिन् । स्किन केयरका लागि मेकअप रिमुभ र समय–समयमा क्लिन्जिङ गराउने मलिना मेकअप प्रोडक्टमा निकै सचेत छिन् । प्राय: जिमको ड्रेस र स्पोर्ट सुजमा देखिने जोशी आफूलाई नसुहाउने तथा नमिलेको पहिरन सकभर लगाउँदिनन् । मलिना मनीष राई, ओढ्नी बुटिक तथा खुश्बु रानाको पहिरन लगाउन रुचाउँछिन् । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : खुश्बु राना, विभिद कलर अफ द योर स्टाइल, पानी पोखरी, लाजिम्पाट

मेकअप तथा हेयर : रोशना महाजू, ग्ल्यामर ब्युटिपार्लर, ज्ञानेश्वर 

    

 Image