Successfully Copied

गर्मीमा कुल जुस र फलफूल

जुस बनाउ“दा फलफूलको बोक्रा र रेसामा रहेका कयौं महत्वपूर्ण पोषणतत्व नष्ट हुनपुग्छन् ।

गर्मी मौसमको आगमनस“गै बजारमा रहेका जुस तथा फलफूल पसलहरूमा भीड बढ्छ । यद्यपि जुसको अनुपातमा फलफूल खानु नै उत्तम हुन्छ । जुस बनाउ“दा फलफूलको बोक्रा र रेसामा रहेका कयौं महत्वपूर्ण पोषणतत्व नष्ट हुनपुग्छन् । जसका कारण शरीरमा पोषणतत्व पुग्न पाउ“दैन । उदाहरणका लागि सुन्तलाको जुस बनाउ“दा त्यसमा पानी मिसाइन्छ जसले गर्दा फलफूलमा पाइने भिटामिन सी तथा अन्य पोषकतत्व पनि हराउ“छ । 

बोक्राको फाइदा

केरा, आ“प, अनार, सुन्तलाजस्ता केही फलफूललाई छोडेर अन्य फलफूलको सेवन बोक्राका साथमा गर्नु उत्तम हुन्छ । स्याउ, अंगुर, स्ट्रबेरी आदिका बोक्रामा प्रशस्त पोषकतत्व हुन्छ । 

जुसले बजन घटाउ“दैन

प्रायः मानिसहरू डाइटिङमा रहेकाले जुस मात्र पिउ“छु भन्छन् । जब कि जुसले वजन घटाउ“दैन । यसमा फलफूलमा पाइने रेसा निकै कम मात्रामा पाइन्छ भने सुगरको मात्रा बढी हुन्छ जसले क्यालोरी बढाउने सम्भावना हुन्छ । 

छिट्टै पच्ने 

जुस सजिलै र छिट्टै पच्छ, जसले गर्दा यसबाट पाइने ऊर्जा पनि छिट्टै खपत हुन्छ । छिट्टै पचेका कारण जुस पिएको थोरै समयपछि नै भोक लाग्छ । जब कि फलफूल खाएपछि फाइबरका कारण पेट भरिएको महसुस हुन्छ । 

जुसका कारण दा“तमा असर 

जुसमा कयौं प्रकारको एसिड पाइन्छ जसले दा“तको इनामेलमा नोक्सान पु¥याउ“छ । यसले गर्दा बिस्तारै–बिस्तारै दा“त संवेदनशील हुन्छन् । शिशुहरूलाई स्वस्थ बनाउने धुनमा बढी जुस दिनुभन्दा फलफूल दिनु उत्तम हुन्छ । किनभने जुसमा मिसाइएको चिनीले साना नानीहरूको दा“तलाई संवेदनशील बनाइ दिन्छ । 

हेल्दी पेयपदार्थको विकल्प 

अक्सर गरेर फलफूलको जुसलाई उत्कृष्ट एनर्जी बुस्टर मानिन्छ । यद्यपि स्वस्थ रहने र शरीरको शक्ति बढाउने अरु पनि थुप्रै विकल्प छन् । स्वस्थ रहन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । लस्सी, मोही, कागती तथा नरिवलको रस आदि पनि स्वस्थ पेयपदार्थका विकल्प हुन् । 

स्वस्थकर पेयपदार्थ

स्मुदी राम्रो विकल्प हो । यसमा फलफूल र दहीको मिश्रण हुन्छ । त्यसैले यसमा फाइबर र अन्य पोषकतत्व हुन्छ । वर्क आउट गर्नुअघि स्मुदीको सेवन उत्तम मानिन्छ । यसले शक्ति दिन्छ । यसमा  प्रशस्त मत्रामा कार्बाेहाइटे«ट तथा प्रोटिन हुन्छ । 

फलफूलले डाइबिटिजको जोखिम कम गर्छ 

डाइबिटिजका बिरामीका लागि जुसको तुलनामा फलफूल बढी फाइदाजनक हुन्छ । ब्रिटिस मेडिकल पत्रिका डाइबिटिज युकेमा प्रकाशित एक लेखअनुसार जामुन, स्याउ तथा अंगुरजस्ता फलको सेवनले डायबिटिजको जोखिम कम गर्छ । जुस पिउ“दा डायबिटिजका बिरामीमा ब्लडसुगर लेबल र इन्सुलिनको स्तर बढ्छ । त्यसैले जुसको साटो फलफूल खानु उत्तम हुन्छ । 

 Image