अनुहारका दागहरू छोपेर बेस पनि एकैपटक तयार गर्ने । हाल बजारमा पाइने टोटल कभर स्टिकले सजिलै आफ्नो छालाको टोनसँग मिल्दो बेस बनाउन सकिन्छ ।
फिक्सिङ पाउडर वा टिएल पाउडर लगाउने । पाउडर लगाउन ब्रस प्रयोग गर्ने ।
मेकअपलाई लामो समय टिकाउन पानी स्प्रे वा फिक्सिङ स्प्रे गर्ने ।
टिस्युले पूरै अनुहार टप गर्ने ।
फेरि ब्रसले पाउडर लगाउने ।
अनुहार सुहाउने सेपमा आइब्रो मिलाउने । आइप्राइमर लगाई आइमेकअप गरेपछि नाकलाई आकर्षक देखाउन नाकको बीच भाग लाइट कलरले हाइलाइट गर्ने र साइड–साइडमा डार्क कलरले हाइलाइट गर्ने ।
गालालाई आकर्षक देखाउन पहिले कानको साइडबाट डार्क कलरको ब्रोन्जरले हल्का मार्क गर्ने र ब्रसले मिक्सिङ गर्ने ।
त्यसमाथि पिच कलरको ब्लसर लगाउने । अन्त्यमा ओठलाई आकार दिएर लिपिस्टिक लगाउने ।
लंग स्टे लिपलाइनर, लिपकलर तथा लिपग्लस लगाएपछि मेकअप सेटिङ स्प्रेले स्प्रे गर्ने ।
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।