Successfully Copied

तीज विशेष मेकअप

तीज विशेष मेकअप काे लागि सजिलाे स्टाइल

  • अनुहार राम्रोसँग सफा गर्ने र चिसो पानीले धुने ।
  • मेकअप बेस वा स्किन प्राइमर लगाउने ।
  • अनुहारका दागहरू छोपेर बेस पनि एकैपटक तयार गर्ने । हाल बजारमा पाइने टोटल कभर स्टिकले सजिलै आफ्नो छालाको टोनसँग मिल्दो बेस बनाउन सकिन्छ । 
  • फिक्सिङ पाउडर वा टिएल पाउडर लगाउने । पाउडर लगाउन ब्रस प्रयोग गर्ने । 
  • मेकअपलाई लामो समय टिकाउन पानी स्प्रे वा फिक्सिङ स्प्रे गर्ने ।
  • टिस्युले पूरै अनुहार टप गर्ने ।
  • फेरि ब्रसले पाउडर लगाउने ।
  • अनुहार सुहाउने सेपमा आइब्रो मिलाउने । आइप्राइमर लगाई आइमेकअप गरेपछि नाकलाई आकर्षक देखाउन नाकको बीच भाग लाइट कलरले हाइलाइट गर्ने र साइड–साइडमा डार्क कलरले हाइलाइट गर्ने । 
  • गालालाई आकर्षक देखाउन पहिले कानको साइडबाट डार्क कलरको ब्रोन्जरले हल्का मार्क गर्ने र ब्रसले मिक्सिङ गर्ने । 
  • त्यसमाथि पिच कलरको ब्लसर लगाउने । अन्त्यमा ओठलाई आकार दिएर लिपिस्टिक लगाउने ।
  • लंग स्टे लिपलाइनर, लिपकलर  तथा लिपग्लस लगाएपछि मेकअप सेटिङ स्प्रेले स्प्रे गर्ने । 

 Image