Successfully Copied

तीजका लागि हेयर केयर एण्ड स्टाइल

तीजमा सुन्दर देखिने चाहना पूरा गर्न केशको भूमिका पनि कम हुँदैन ।

तीजमा सुन्दर देखिने चाहना पूरा गर्न केशको भूमिका पनि कम हुँदैन । केशको शृंगार गर्दा विभिन्न हेयर स्प्रे, जेल, फिक्सर, ड्रायर आदि प्रयोग गरिन्छ जसले गर्दा केश सुख्खा र हाँगा फाट्ने हुन्छ भने केश झर्ने समस्या पनि देखापर्छ । तीजको  दर तथा कार्यक्रमहरूमा सजिएर जानुपर्ने बाध्यतालाई मध्यनजर गरी हरेकले  केशको विशेष स्याहार गर्नुपर्छ । केशको समस्या तथा प्रकारअनुसार मात्र स्याम्पु प्रयोग गर्ने । स्याम्पुपछि अनिवार्य कन्डिस्नर प्रयोग गर्ने । हप्तामा एकपटक हेयर स्पा गर्ने । हट ओयल मसाज गराउने ।

ओइल मसाज गर्दा स्टिम दिने । महिनाको एकपटक ट्रिम गर्ने । नुहाएपछि केश कोर्नुअघि हेयर सिरप लगाउने । प्रोटिनयुक्त स्याम्पु मात्र प्रयोग गर्ने । हर्बल हेयर प्याकहरू केशमा समय–समयमा प्रयोग गरिरहने तथा हेयर ट्रिटमेन्ट क्रिम, हेयर स्पाहरूको छनोट गर्दा भिटामिन ई र केराटिनयुक्त मात्र प्रयोग गर्ने बानी बसाले आफ्नो केशको राम्रो स्याहार पुग्छ । यसरी केशको हेरचाह गरेपछि जस्तोसुकै केश पनि राम्रो हुँदै जान्छ । 

राम्रो केशमा हेयर स्टाइल बनाउन सजिलो हुन्छ । तीजका लागि हेयर स्टाइल बनाउँदा स्ट्रेट केश छ भने हेयर स्पा गराउने । सकभर मुस प्रयोग नगरेकै राम्रो । स्पाबाहेकका अन्य केमिकलले केश बिगार्छ भने स्पाले केश तथा सेटिङमा पनि सकारात्मक प्रभाव पार्छ । स्पा र पानी अलिअलि हालेर कोम गर्ने । गर्मी भएकाले केशलाई फेन्सी रोल गरेर सेट गर्ने । हातैले केशलाई रोल गरेर जुरो बनाउँदा पनि साडी वा कुर्तामा खुल्न सक्छ ।

जुरो बनाउन मन लाग्दैन भने केशलाई नयाँ स्टाइलमा बाटेर बीचबीचमा फ्लावर, पिन अप गर्दा पनि तीजको रातो पहिरनमा निकै सुन्दर देखिनुका साथै केशका कारण गर्मी महसुस हुँदैन । टिनएजर्सका लागि रफ हेयर स्टाइल आकर्षक देखिन्छ । उनीहरूले फेन्सी रोल वा जापानी जुरो बनाउन सक्छन् । तीजको दिन पूजापाठमा बढी व्यस्त हुने भएकाले केही दिनअघि नै कुन पहिरनमा कुन स्टाइलको हेयर स्टाइल दिने हो योजना बनाएर केशमा कलर, कटिङ गरेर तयारी गर्नुपर्छ । 

 Image