Successfully Copied

पौडी खेल्ने उपयुक्त समय बिहान र साँझ

पौडी खेल्ने क्रममा पुलको पानी अलिकति निलिए केही खराब गर्दैन किनभने पुलको पानीमा कीटनाशक रसायन प्रयोग गरिएको हुन्छ ।

पौडी खेल्न कुन समय उपयुक्त हुन्छ ?

  • पौडी जुनसुकै मौसममा खेल्न सकिन्छ तर पौडी खेल्ने उपयुक्त समय भने बिहान र साँझ हो ।

पौडीका लागि ध्यान दिनुपर्ने कुरा के–के हुन् ?

  • पौडी खेल्नुअघि स्विमिङ पुलको गहिराइ थाहा पाउनुपर्छ । आफूलाई थाहा नभएको कुरा लाइफ गार्डसँग  सोधेर मात्र पोखरीभित्र जानुपर्छ ।

पौडी खेल्नुका फाइदा के–के छन् ?

  • पौडीबाट पूरै शरीरको व्यायाम हुनुका साथै रक्तचापसमेत नियन्त्रण हुन्छ भने मोटोपन पनि घट्छ ।

स्विमिङ पुलको पानीले केशलाई कत्तिको असर गर्छ ?

  • पुलको पानी सफा गर्न क्लोरिन  हालिएको हुन्छ ।  क्लोरिन तथा घामका कारण केश झर्नसक्छ ।

पौडीका क्रममा स्किन प्रोटेक्टका लागि के–कस्तो सावधानी अपनाउनु आवश्यक छ ?

  • छाला डढ्नबाट रोक्न सन्सक्रिम एवं बडी लोसन लगाउनुपर्छ ।

पौडी खेल्ने क्रममा पुलको पानी मुखमा पर्‍यो वा निलियो भने केही खराब गर्छ कि ?

  • पौडी खेल्ने क्रममा पुलको पानी अलिकति निलिए केही खराब गर्दैन किनभने पुलको पानीमा कीटनाशक रसायन प्रयोग गरिएको हुन्छ ।

पौडी सिक्न चाहनेहरूले के गर्नुपर्छ ?

  • पौडी सिक्न चाहनेहरूले पहिलो स्टेप ब्रिदिङ गर्न, त्यसपछि हेड डाउन गरेर फ्लोटिङ हुन र पछि खुट्टा चलाउन सिक्नुपर्छ । हतारमा सिक्नुभन्दा स्टेप वाइज स्टेप बिस्तारै सिक्नु उपयुक्त हुन्छ ।

(कलंकीस्थित क्लब ग्यालेक्सीका पौडी प्रशिक्षक केशव भुजेलसँगको कुराकानी)

 Image