तीज भाकामा गायिका चन्दाको धमाका

नारी संवाददाता

श्रावण २९, २०७३

 

पूर्वकी चर्चित संचारकर्मी एवं गायिका चन्दा खड्काले आउदै गरेको नारीहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरी नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । 'माइती घर भाग - २' नामक एल्बममार्फत उनले ‘बाबाको आँगनमा छमछमी नाचिन्छ’ बोलको गीत भिडियोसहित बजारमा ल्याएकी छिन् । आफ्नै शब्द र लयमा संकलनमा खड्काले आफ्नै स्वरमा तीजका लागि भनेर २ वटा गीत पस्केकी हुन् । गीतको संयोजन विनोद पराजुलीले गरेका छन् भने 'बाबाको आँगनमा नाचिन्छ' बोलमा तीज भाकाको म्युजिक भिडियोको निर्देशन प्रकाश सुब्बाको छ । यसैगरी  भिडियो सम्पादन निसान घिमिरेले गरेका छन् ।

भिडियोमा विराट कला डान्स सेन्टरका कलाकार र चन्दा स्वयंको अभिनय रहेको छ । पूर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आएकी खड्काले गतवर्षको माइती घर एल्बमको सफलतापछि माइती घर २ बनाउन हौसला मिलेको बताएकी छिन् । ‘बाबाको आागनमा छमछमी नाचिन्छ र यो तीजमा, बोलका गीतहरूले यतिबेला नेपालको पूर्वी बजारमा चर्चा कमाइरहेका छन् । अन्तत: के तपाईं तीज भाकाको विधामा मात्र सीमित हुने हो भन्ने नारी अनलाइनका लागि सोधेको प्रश्नमा उनी भन्छिन्, ‘अब श्रोताको च्वाइसअनुसार गीत गााउछु । अब चाँडै नै आधुनिक गीतको अर्को सांगीतिक एल्बम बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अब म सांगीतिक दुनियाँ भन्दा पर रहनै सक्दिन ।’

भिडियो:

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्