Successfully Copied

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ जुटेको भि–नाइनटिन सम्पन्न

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित भि–नाइनटिन चित्रकला प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित   भि–नाइनटिन चित्रकला प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित उक्त चित्रकला प्रदर्शनीमा १९ जना कलाकारले आफ्नो प्रखर कला प्रस्तुत गरेका थिए । असार २४ गतेबाट जारी  ५ दिने  भी नाइनटिन आर्ट प्रदर्शनी राष्ट्रिय आविस्कार केन्द्रको हितमा आयोजना भएकाले धेरैले यो प्रदर्शनीलाई सकारात्मक दृष्टिकोणमा लिएका कारण प्रदर्शनी सफल पनि भयो ।

नेपालका बहुप्रतिभाशाली  कलाकारहरूले कोरेका चित्रकला प्रदर्शनमा देखाइएको थियो भने उसैगरी गहकिलो र आकर्षक चित्रकला हेर्न मानिसको भीड लागेको थियो । प्रदर्शनीमा जम्मा उठेको रकममध्येमा आधा हिस्सा महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रका लागि र बाँकी आधा कलाकारहरूको परिश्रममा खर्चिने भएको छ ।

फराकिलो सोच र राष्ट्रको हितमा हिँडेका महावीर पुन कस्ता व्यक्ति हुन् भन्ने बारेमा देश विदेशमा चर्चाको  विषय बनेको छ । सूचना र प्रविधिलाई नजिकबाट नियालेर ग्रामीण विकासलाई प्रविधिमय बनाउने सशक्त गाउँले वैज्ञानिक महावीर पुनको कार्यले यतिवेला सम्पूर्ण नेपालीको मन जितेको छ । एकपछि अर्काे गर्दै देशको हितमा उल्लेख्य कार्य गर्दै आइरहेका महावीर पुन राष्ट्रको विकास र समृद्धिका लागि निस्वार्थ खट्ने नागरिक–रूपमा परिचित छन् ।

तस्विरहरु: श्रूति श्रेष्ठ

 

 Image