Successfully Copied

बालबालिकाका लागि आवश्यक पोषण

आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित स्याहार गर्नु आवश्यक छ । यसका लागि खाने बानी परिवर्तन गर्दैमा बालबालिकाको उचित विकास हुँदैन । उनीहरूले खाने खाना पोषणतत्वयुक्त हुनुपर्छ । यसो भए मात्र उनीहरूको विकास सही ढंगमा हुन्छ ।

आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित स्याहार गर्नु आवश्यक छ । यसका लागि खाने बानी परिवर्तन गर्दैमा बालबालिकाको उचित विकास हुँदैन । उनीहरूले खाने खाना पोषणतत्वयुक्त हुनुपर्छ । यसो भए मात्र उनीहरूको विकास सही ढंगमा हुन्छ । 

क्याल्सियम : क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसकारण बालबालिकाको शरीरमा यसको सही मात्रा पुग्नु जरुरी छ । २५ वर्षको उमेरपछि शरीरमा हड्डीको निर्माण बन्द हुन्छ । त्यसभन्दा पहिले नै शरीरमा क्याल्सियमको सही मात्रा नपुगे पछि गएर अस्टियोपोरोसिस हुने सम्भावना बढ्छ । 

खानामा कसरी समावेश गर्ने : बालबालिकालाई दिनहुँ कम चिल्लो भएको डेरी प्रोडक्ट दिनुपर्छ । एक कप दूध, एक कप दहीका साथै एक टुक्रा चीज ख्वाउनुपर्छ । 

आइरन : आइरनले शरीरमा भएको अक्सिजन फोक्सोको कोषिका तथा सेलसम्म पुर्‍याउने काम गर्छ । आइरनको कमी भए एनिमिया हुने खतरा बढ्छ । यसले रोगप्रतिरोधक क्षमता कम हुनुका साथै बालबालिका कमजोर हुँदै जान्छन् । 

खानामा कसरी समावेश गर्ने : १ देखि ३ वर्षका बालबालिकालाई दिनहुँ ७ एमजी तथा ४ देखि ८ वर्षका बालबालिकालाई १० एमजी आइरनको आवश्यकता पर्छ । पालक, सिमी, चुकन्दर आदि प्रशस्त आइरन भएका खानेकुरा दिनुपर्छ । यसका साथै मासु तथा अण्डाबाट पनि आइरन प्राप्त हुन्छ । फलामको भाँडामा पकाइएको कालो दालबाट पनि प्रशस्त आइरन पाइन्छ । 

फाइबर : फाइबरले शरीरमा रगत तथा चिनीको मात्रा सन्तुलित राख्नुका साथै पाचन प्रणाली पनि ठीक राख्छ । यसले तौल पनि नियन्त्रण राख्छ । 

खानामा कसरी समावेश गर्ने : बालबालिकाले अन्न ब्राउन राइस, गहुँको रोटी, दाल, फलफूल तथा सागपातबाट राम्रो फाइबर प्राप्त गर्नसक्छन् । तसर्थ बालबालिकालाई यस्ता खानेकुरा दिन सकिन्छ । 

पोटासियम : पोटासियमले मांसपेशी बलियो बनाउँछ । यसले स्नायुप्रणाली ठीक राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ भने उच्च रक्तचाप पनि नियन्त्रित राख्छ । 

खानामा कसरी समावेश गर्ने : बालबालिकाले एकदिनमा जति खाना खान्छन् त्यसको आधा भाग फलफूल तथा सागपात दिनुपर्छ । बालबालिकाले जति धेरै फलफूल तथा सागपात खान्छन् त्यति नै राम्रो हुन्छ । केरा पोटासियमको राम्रो स्रोत भएकाले बालबालिकालाई दिनमा एउटा केरा दिन सकिन्छ । 

भिटामिन ई : भिटामिन ईले पनि स्नायुप्रणाली स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । यसले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउनुका साथै रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । 

खानामा कसरी समावेश गर्ने : बालबालिकालाई दिनमा ७ एमजी भिटामिन ईको आवश्यकता पर्छ । यसका लागि दिनमा चार–पाँचवटा हाडे (ठूलो) बदाम दिन सकिन्छ । यसैगरी भिटामिन ई प्राप्त हुने मकै, काँक्रा, काजु आदि पनि ख्वाउन सकिन्छ । 

 Image