Successfully Copied

राजकचौरी चाट

राजकचौरी पुरी १ वटा, गुलियो अचार, हरियो अचार, सलाद, पापडी ६–७ वटा, भल्ला (मुंगको दालको बारा), मिक्स फ्रुट, चाट मसला, उसिनेको आलु १ वटा तथा उसिनेको चना अलिकति ।

सामग्री 

राजकचौरी पुरी १ वटा, गुलियो अचार, हरियो अचार, सलाद, पापडी ६–७ वटा, भल्ला (मुंगको दालको बारा), मिक्स फ्रुट, चाट मसला, उसिनेको आलु १ वटा तथा उसिनेको चना अलिकति ।

विधि 

राजकचौरी तयार पार्ने अनि त्यसलाई आलु र चनाको मसलाले भर्ने । पापडी राख्ने, पापडीको माथिल्लो भागमा भल्ला (बारा) राख्ने । त्यसको माथिबाट हरियो तथा गुलियो अचार हाल्ने । त्यसमा चाट मसला छर्कने र दही हाली माथिबाट मिक्स फ्रुट एवं सलादले सजाउने । दहीलाई कपडाले छानेर बाक्लो पारी चिनी मिसाउने । पापडी र राजकचौरी बजारमा किन्न पाइन्छ । 

हरियो अचार बनाउने विधि

पुदिना तथा धनियाँको पात, काजु १० ग्राम, हरियो खुर्सानी एवं नुन मिसाएर मिक्सरमा पिस्ने । त्यसमा कागती निचोर्ने ।

गुलियो अचार बनाउने विधि 

आवश्यकताअनुसार पाकेको टमाटर, इमली, खुर्सानी पाउडर, नुन तथा चिनी हाली पकाउने । यसलाई ससजस्तै बाक्लो बनाएर निकाल्ने । 

बुनु शर्मा, संगम स्विट्स, बानेश्वर

 Image