Successfully Copied

नेपाली बजारमा लोकप्रिय ब्रान्ड

हिसेन्स, फगोर, फुजिक्स, अकिरा, बाल्ट्रा, सिजी, एलजी, कलर्स, बजाज, उषा, क्रप्टन, खेतान, केनस्टार, हिलटेक, भोल्टाज आदि ।

हिसेन्स, फगोर, फुजिक्स, अकिरा, बाल्ट्रा, सिजी, एलजी, कलर्स, बजाज, उषा, क्रप्टन, खेतान, केनस्टार, हिलटेक, भोल्टाज आदि ।

कुलर खरिद गर्दा

सामग्री खरिद गर्दा त्यसको ब्रान्ड, फिचर, ग्यारेन्टी तथा वारेन्टीका विषयमा सजग हुनुपर्छ । यसलाई प्रयोग गर्दा यसले कोठा अथवा प्रयोग गरिने स्थानलाई कत्तिको चिसो बनाउँछ बुझ्नुपर्छ । नेपाली बजारमा नक्कली सामानको बिगबिगी भएकाले सामान खरिद गर्नुअघि सावधानी अपनाउनुपर्छ । आफ्नो घरमा कुलर चलाउने माध्यम के–के छन् ? जडान गर्दा कुनै समस्या आउँछ कि आउँदैन ? आफ्नो घरमा उपलब्ध ऊर्जाले उक्त सामान चल्छ कि चल्दैन ? आदि कुराको ख्याल गर्नुपर्छ । कुलर खरिद गरेपछि त्यसको मर्मत, वारेन्टी तथा पाटर््सका सम्बन्धमा जानकारी लिनुपर्छ । सामान जडान गरेर एकपटक जाँच गरेपछि मात्र ढुक्क हुनुपर्छ ।  

फिचर

कुनै पनि मेसिनरी सामान खरिद गर्नुभन्दा पहिले त्यसको फिचर अध्ययन गर्नुपर्छ । सुरुमा आफ्नो आवश्यकता तथा बजेटलाई ध्यान दिनुपर्छ ।

कुलरको प्याडको मोटाइ

हावा चिसो बनाउन प्याडको मोटाइ बाक्लो हुनुपर्छ । यसले कोठालाई चिसो राख्छ । कुलरको प्याडको मोटाइ करिब ९० मिलिमिटर हुनुपर्छ जसले कोठालाई राम्रोसँग चिसो बनाउँछ ।

यसको गति कस्तो छ त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । कुलरको फ्यानको गति पंखाको जत्तिकै हुनुपर्छ ।

अटोमेटिक पानी नियन्त्रण क्षमता

पानीको मात्रा नियन्त्रण गर्नसक्ने कुलर खरिद गर्नुपर्छ । यसो भए पानी बढी भएर बाहिर बग्न पाउँदैन र चिसोपन पनि नियन्त्रण हुन्छ ।

रिमोर्ट कन्ट्रोल

एसीजस्तै कुलर पनि रिमोर्ट कन्ट्रोलयुक्त हुन्छ । रिमोर्ट कन्ट्रोलले कुलरलाई राम्रोसँग चलाउन सहयोग गर्छ । यसबाट टाइम तथा अन्य कुरा सेट गरी कुलरलाई आफ्नो हिसाबले चलाउन सकिन्छ ।

कुलरको आकार छनोट

फराकिलो स्थानका लागि ठूलो आकारको कुलर छनोट गर्नुपर्छ भने सानो ठाउँ छ भने व्यक्तिगत हिसाबको पोर्टेबल कुलर प्रयोगमा ल्याउनुपर्छ । कुलर चयन गर्दा त्यसको उचाइलाई पनि ध्यान दिनुपर्छ । कोठाको दलिनका आधारमा पनि कुलर छनोट गर्नुपर्छ ।

कुलरका फाइदाहरू

प्रचण्ड गर्मीमा एअर कुलर निकै उपयोगी हुन्छ । एसीजस्तो नभए पनि यसले पंखाभन्दा प्रभावकारी काम गर्छ । यो एसीभन्दा निकै सस्तो हुन्छ । यसलाई खरिद गर्न बढी बजेट छुट्याउनु पर्दैन । यसको अपरेसन खर्च पनि निकै कम हुन्छ । समग्रमा यो एसीभन्दा हरेक पक्षबाट सस्तो छ ।

यसले एसीभन्दा कम विद्युत् खपत गर्छ । यसलाई कम भोल्टेज भएको ठाउँमा प्रयोग गर्न सकिन्छ । यसको नियमित प्रयोगले बिल खासै बढाउँदैन ।

यो सुरक्षाको हिसाबले पनि उपयोगी छ । यसले वातावरणलाई कुनै प्रकारको असर पुर्‍याउँदैन । यसले कोठाको कार्बनडाइअक्साइड सफा गर्ने काम गर्छ । एसीको जस्तो झ्याल–ढोका बन्द गरेर चलाउनु पर्दैन ।

विविध प्रकारका कुलर बजारमा पाइने भएकाले यसलाई आफ्नो सहजताअनुरूप प्रयोगमा ल्याउन सकिन्छ ।

यसलाई आफूले चाहिएको स्थानमा राखेर प्रयोग गर्न सकिन्छ ।

यसको माध्यमबाट कोठामा ताजा हावा आवत–जावत हुन्छ ।

कुलरका बेफाइदा

कुलर दमका बिरामीहरूका लागि घातक हुन्छ ।

यो आद्र्रता भएको ठाउँमा उपयोगी छैन ।

राम्रो तथा नियमित प्रयोगका लागि मर्मत गराइरहनुपर्छ ।

चलाउन नियमित पानी आवश्यक हुन्छ ।

डेजर्ट तथा रुम कुलरको भिन्नता

डेजर्ट कुलर निकै प्रभावकारी हुन्छ । यसले कोठालाई बढी चिसो बनाउँछ । यसमा बढी ऊर्जा खपत हुन्छ । यो ठूलो क्षेत्रफललाई चिसो बनाउन प्रयोग गरिन्छ । यो निकै शक्तिशाली एवं बहुउपयोगी छ । रुम कुलर सानो क्षेत्रमा प्रयोग गर्न सकिन्छ र यसका लागि बढी शक्ति खर्च हुँदैन । यो केही सस्तो पनि पर्छ ।

 

 Image