Successfully Copied

वर्षामा खुट्टाको हेरचाह

वर्षामा फोहोर पानीको सम्पर्कमा आउँदा खुट्टामा इन्फेक्सन हुने खतरा बढ्छ । खुट्टा सुन्निने आदि समस्या देखापर्छ । सावधानी अपनाए यी समस्याबाट जोगिन सकिन्छ । –वर्षामा लामो समयसम्म क्लोज सुज लगाउनु हुँदैन । भिजेको जुत्ता पनि लगाउनु हुँदैन ।

वर्षामा फोहोर पानीको सम्पर्कमा आउँदा खुट्टामा इन्फेक्सन हुने खतरा बढ्छ । खुट्टा सुन्निने आदि समस्या देखापर्छ । सावधानी अपनाए यी समस्याबाट जोगिन सकिन्छ ।

–वर्षामा लामो समयसम्म क्लोज सुज लगाउनु हुँदैन । भिजेको जुत्ता पनि लगाउनु हुँदैन ।

–बाहिरबाट घर आएपछि एन्टिसेप्टिक साबुनले खुट्टा धुनुपर्छ । त्यसपछि टाबलले राम्रोसँग पुछेर सुकाउनुपर्छ ।

–औंलाबीच भिजाउन हुँदैन । यस विषयमा विशेष ध्यान दिनुपर्छ ।

–खुट्टालाई धोएर सुकाएपछि खुट्टा र औंलाका बीच मोइस्चराइजर लगाउनु हुँदैन ।

–समय–समयमा नङ सफा गरिरहनुपर्छ अन्यथा इन्फेक्सन हुने खतरा बढ्न सक्छ ।

–वर्षामा सही खालका जुत्ता–चप्पल छनोट गर्नुपर्छ । फेसनेबल जुत्ता, क्यानवास वा छालाका जुत्ता– चप्पल लगाउनु हुँदैन ।

–वर्षाका बेला हाइहिल जुत्ता लगाउनु पनि ठीक होइन, यस्ता जुत्ता चिप्लिने डर हुन्छ ।

–वर्षाका बेला कम्तीमा दुई जोडी जुत्ता आफ्नो साथमा हुनुपर्छ ताकि एक जोडी भिजे अर्को प्रयोग गर्न सकियोस् ।

–वर्षामा पेडिक्योर गराउनुपर्छ । समय–समयमा नङ पनि काट्नुपर्छ । कृत्रिम नङ प्रयोग गर्नु हुँदैन ।

–सातामा एकपटक मनतातो पानीमा तेलको केही थोपा हालेर खुट्टा केही समय डुबाएर राख्नुपर्छ । यसबाट खुट्टालाई आराम प्राप्त हुन्छ भने खुट्टाको गन्ध हट्छ तथा खुट्टा कोमल हुनुका साथै रक्तसंचार पनि राम्रो हुन्छ ।

–समय–समयमा मोइस्चराइजर लगाएर खुट्टाको मसाज गर्नुपर्छ ।

–खुट्टाको दुर्गन्धबाट छुटकारा प्राप्त गर्न एन्टिसेप्टिक स्प्रे वा सुगन्धित स्प्रे प्रयोग गर्नुपर्छ ।

–समय–समयमा क्युटिकल्स निकाल्ने तथा सातामा एकपटक खुट्टाको स्क्रविङ गराउने । यसबाट खुट्टाको छालाको मृतकोष निस्कन्छ र छालाको प्राकृतिक चमक कायम रहन्छ ।

–सुत्ने बेला  खुट्टामा नियमित तेल वा एन्टिसेप्टिक जेल प्रयोग गर्नुपर्छ ।

–वर्षाका बेला माछाको तेलले स्पा गराउँदा छालाको मृत छाला निस्कन्छ र खुट्टा चम्किलो हुन्छ ।

 Image