Successfully Copied

बगैंचाको हेरचाह

पानीको सही मात्रा वर्षामा इन्डोर प्लान्ट्सका साथै बगैंचाका सबै गमलालाई खुल्ला ठाउँमा राखिदिनुपर्छ । वर्षाको पानीले

पानीको सही मात्रा

वर्षामा इन्डोर प्लान्ट्सका साथै बगैंचाका सबै गमलालाई खुल्ला ठाउँमा राखिदिनुपर्छ । वर्षाको पानीले बोटबिरुवामा ताजापन आउनुका साथै ती बोटबिरुवा चाँडै विकसित हुन्छन् । बोटबिरुवालाई आकाशे पानीले पर्याप्त फाइदा पुर्‍याउँछ तर धेरै ठूलो पानीले भने बिगार गर्न सक्छ । विज्ञहरूका अनुसार बोटबिरुवामा पानी दिने सही उपाय स्प्रिकलर प्रयोग गर्नु हो । विशेष खालको परफोरेटेड सिट्सका कारण बोटबिरुवामा पानी उचित मात्रामा फैलन पाउँछ ।

बोटबिरुवाको ट्रिमिङ

वर्षामा प्राय: तीव्र गतिमा हावा चल्छ । यस्तो हावा फल दिने बिरुवाका लागि नोक्सानदायक हुनसक्छ । तीव्र गतिको हावाले बिरुवा भाँचिन सक्छ । त्यसैले वर्षामा बोटबिरुवाको नियमित काटछाँट गर्नुपर्छ ।

राम्रो ड्रेनेज सिस्टम : वर्षामा बोटबिरुवाको क्यारीबाट अतिरिक्त पानी निकाली समय–समयमा जाँच गर्नुपर्छ । जमेको पानीले लामखुट्टेलाई आकर्षित गर्नुका साथै बोटबिरुवा सड्ने कारण पनि बन्न सक्छ । त्यसैले ड्रेनेज सिस्टमलाई दुरुस्त राख्ने कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । गमलामा बढी मात्रामा पानी जम्मा हुन दिनु हुँदैन । लामो समय वर्षा भएर घाम लागे गमलालाई बाहिर राखिदिनुपर्छ ।

टेरेस गार्डेन

वर्षाको मौसम टेरेस गार्डेन निर्माण गर्ने उपयुक्त समय हो । आजभोलि स्थान अभावका कारण अधिकतर अपार्टमेन्टमा यसलाई प्राथमिकता दिइन्छ । वर्षामा टेरेस गार्डेन बनाउँदा माटो सहजै सेट हुन्छ र बोटबिरुवाको वृद्धि राम्रोसँग हुन्छ । धेरै जरा फैलने बोटबिरुवा टेरेस गार्डेनका लागि उपयुक्त हुँदैनन् ।

 Image