Successfully Copied

स्व. चन्द्रदेवलाल कौशिकलाई मरणोपरान्त स्वर्ण सम्मान ।

नेपाल स्काउटलाई संस्थागत गर्न तथा स्काउट ऐन ल्याउन सफल स्व. चन्द्रदेवलाल कौशिकलाई ५० वर्ष सेवा गरेबापत स्वर्ण सेवा सम्मान (मरणोपरान्त) द्वारा सम्मानित गरियो । स्काउटका चिफ कमिस्नर रविन दाहालको हातबाट सम्मान ग्रहण गर्दै स्व. चन्द्रदेवलाल कौशिकका छोरा चन्दन कौशिकले स्काउटिङको पवित्रता र स्वच्छतामुखी

नेपाल स्काउटको ६४ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरियो । नेपाल स्काउटको केन्द्रीय कार्यालयमा झन्डोत्तोलनपश्चात् प्रभातफेरी हँुदै नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित औपचारिक कार्यक्रमका साथ समापन भएको थियो ।  

औपचारिक कार्यक्रममा बोल्दै प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले यस सम्मानित संस्थाको मर्म र धर्म बुझेर यसको अर्थ र अस्तित्वलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । 

नेपाल स्काउटलाई संस्थागत गर्न तथा स्काउट ऐन ल्याउन सफल स्व. चन्द्रदेवलाल कौशिकलाई ५० वर्ष सेवा गरेबापत स्वर्ण सेवा सम्मान (मरणोपरान्त) द्वारा सम्मानित गरियो । स्काउटका चिफ कमिस्नर रविन दाहालको हातबाट सम्मान ग्रहण गर्दै स्व. चन्द्रदेवलाल कौशिकका छोरा चन्दन कौशिकले स्काउटिङको पवित्रता र स्वच्छतामुखी सिद्धान्तलाई कायम राख्न स्काउटिङमा थप सेवा गर्ने ऊर्जा मिलेको बताए । 

तत्कालीन समयमा राजाको हुकुमका आधारमा चलेको स्काउट नामक सानो अभियानलाई स्व. कौशिकले संस्थागतका गर्नका निम्ति निक्कै ठूलो त्याग र बलिदान दिएका थिए । फलस्वरूप यसमा उनी सफल पनि भएका थिए । संस्थाको कुनै आधिकारिक कागजात र बैधानिकता नभएका बखत वि.सं. २०१२ सालतिर स्काउट प्रवेश गरेका स्व. कौशिकले १२ वर्षसम्म नेपाल स्काउटको राष्ट्रिय सचिव तथा सह–प्रमुख आयुक्तको कार्यभार सम्हालेका थिए । 

अनुशासन र दृढताको अर्को नामका रूपमा चिनिने स्काउटमा हाल मुलुकभर रहेका ६० हजार स्काउटियनमध्ये २० हजारभन्दा बढी महिलाको संख्या छ । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्रीका अलावा प्रमुख आयुक्त रविन दाहाल, एसिया प्रशान्त क्षेत्रीय स्काउट एवार्ड कमिटीका श्रीराम लामिछाने आदिले मन्तव्य व्यक्त गरेका थिए । 

 Image