Successfully Copied

मेकअपबाट लुकाइन्छ बढ्दो उमेर

मेकअपले सौन्दर्य बढाउनुका साथै सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ । जवान देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ : ओठको मेकअप :

मेकअपले सौन्दर्य बढाउनुका साथै सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ । जवान देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :

ओठको मेकअप : पातलो एवं सुख्खा ओठ बढ्दो उमेरको निशानी हो । सही ढंगमा ओठको मेकअप गरे यो समस्याबाट बच्न सकिन्छ । गाढा रंगको साटो हल्का रंगको लिपिस्टिक तथा लिपग्लस लगाउनुपर्छ । यसले ओठ मोटो देखिन्छ ।

मस्कारा : मस्कारा प्रयोग गरिसकेपछि परेला कर्ल गर्नुपर्छ । यसले आँखा ठूलो तथा राम्रो देखिन्छ । यङ लुक्सका लागि मस्काराको २–३ कोट प्रयोग गर्नुपर्छ ।

आइस्याडो : उमेरको सबैभन्दा बढी असर आँखामा देखिन्छ । आँखामा देखिएको चाउरीपन हटाउन गाढा, सिमरी आइस्याडो लगाउनुपर्छ । आइस्याडो लगाउँदा आँखाका साथै आँखाको भित्री कर्नर तथा आइब्रोको तल थोरै आइस्याडो लगाउनुपर्छ ।

पाउडर : उमेर वृद्धिसँगै छालाको प्राकृतिक सुन्दरतामा कमी आउँछ । यस्तो अवस्थामा पाउडर प्रयोग गर्दा चाउरी देखिन सक्छ । धेरैले अनुहारमा आउने चिल्लोपन कम गर्न पाउडर प्रयोग गर्छन् । यद्यपि पाउडरले चाउरीपनको समस्या उत्पन्न गर्छ । पाउडरको साटो मोस्चराइजरयुक्त फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसले छालामा देखिने चिल्लोपन कम गरेर त्यसमा निखार ल्याउँछ ।

ब्लसर : अनुहारमा लगाइने पाउडरजस्तै ब्लसरको प्रयोग गर्दा पनि केही समयपछि चाउरीपन देखा पर्न थाल्छ । त्यसैले क्रिमयुक्त ब्लसर प्रयोग गर्नुपर्छ । जवान देखिन पिंक कलरको ब्लसर प्रयोग गर्न सकिन्छ । ब्लसर लगाउँदा औंला सफा हुनुपर्छ ।

आइलाइनर : आँखाको सौन्दर्य बढाउन आइलाइनरलाई आँखाको एउटा कुनाबाट अर्को कुनामा मिलाएर लगाउनुपर्छ । यसले आँखाको सौन्दर्यमा निखार ल्याउँछ ।

कन्सिलर : उमेर वृद्धिसँगै धेरैजसोको आँखाको तल कालो दाग देखापर्छ । आँखामुनिको कालो घेरा छोप्न कन्सिलर प्रयोग गर्न सकिन्छ । जवान देखिन साधारणभन्दा पनि पिच तथा आफ्नो छालाको कलरको हल्का कन्सिलर प्रयोग गर्नुपर्छ ।

राम्रो छालाका लागि :  धेरैबेर घाममा बस्दा प्रिमेच्योर एजिङको समस्या हुनसक्छ । त्यसले कडा घाममा सकेसम्म जानुहुँदैन । खानेकुराको असर पनि सीधै छालामा पर्छ । त्यसैले राम्रो छालाका लागि सन्तुलित खानेकुरा खानुपर्छ ।

–शरीरमा पानीको कमी भए छालाको चमक फिक्का हुन्छ भने चाउरीपनको समस्या पनि बढ्न सक्छ । त्यसैले पर्याप्त पानी तथा तरल पदार्थ सेवन गर्नुपर्छ ।

–धूम्रपान छालाका लागि हानिकारक हुन्छ । यसले अनुहारको कम्प्लेक्सन बदलिनुका साथै अनुहार नराम्रो देखिन्छ । धूम्रपानको लत छालाका साथै स्वास्थ्यका लागि पनि हानिकारक छ ।

–थोरै अल्कोहलले स्वास्थ्यमा क्षति नपुर्‍याए पनि धेरै पिए छाला डिहाइड्ेरड हुन्छ । यसले अनुहार वरपरको छालालाई पनि प्रभावित तुल्याउँछ । अल्कोहलको सेवनले शरीरको आवश्यक भिटामिन पनि नाश हुन्छ ।

–तनाव पनि सौन्दर्यको शत्रु हो । तनावले अनुहारमा एक्स्ट्रा ओयल बनाउँछ । यसले अनुहारका रौंछिद्रहरू बन्द गरिदिन्छ । यसले ब्ल्याक हेड्स तथा दाग पैदा गर्छ । तनावबाट टाढा रहन एवं जवान देखिन केही समय ध्यान गर्नु आवश्यक छ ।

–मोटोपन अर्थात् आवश्यकताभन्दा बढी तौलले सुन्दरता बिगार्न सक्छ । कम उमेरमा यो कुरा थाहा नभए पनि उमेर वृद्धिसँगै त्यसले सताउन थाल्छ । यद्यपि उमेर वृद्धिसँगै डाइटिङ गर्दा तौल कम हुनुका साथै साइड इफेक्ट पनि देखिन्छ । अचानक तौल कम गर्दा गाला तथा घाँटीको छाला लुज हुन्छ । त्यसैले डाइटिङभन्दा तौल कम गर्ने प्रयास गर्नुपर्छ ।

–जवान तथा फिट देखिन नियमित रूपमा व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा शरीरबाट प्राकृतिक ओयल निस्कन्छ अनि छाला नरम हुन्छ भने रक्तसंचार पनि सुचारु हुन्छ । त्यसपछि छालाको अक्सिजनको कमी पनि पूरा हुन्छ । जसले गर्दा छाला स्वस्थ  तथा सुन्दर देखिन्छ ।

–ब्रेड, चिनी भएको जुस, चकलेट, चिप्स, पिज्जाजस्ता खानेकुराले पाचनप्रणालीलाई प्रभावित तुल्याउँछन् । जसको नकारात्मक असर छालामा देखिन्छ । त्यसैले स्वस्थ तथा सुन्दर छालाका लागि यस्ता खानेकुराबाट टाढै रहनुपर्छ ।

जवान देखिने सजिलो उपाय

सही तरिकाले मेकअप नगरे अनुहारको सौन्दर्य बिग्रन सक्छ । त्यसैले जवान तथा                                                           सुन्दर देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :

–बढी उमेरका महिलाहरू डार्क सर्कल लुकाउन आँखाको तलको परेलामा बढी कन्सिलर लगाउँछन् जसले आँखा सानो देखिन्छ । त्यसैले आवश्यकताभन्दा बढी कन्सिलर लगाउनुहुँदैन ।

–बढ्दो उमेरका महिलाले कालो आइलाइनरको प्रयोगबाट बच्नुपर्छ । कुनै नरम तथा खैरो आइलाइनर लगाउनुपर्छ । यसले जवान देखाउँछ ।

–आँखीभौंमा धेरै गाढा पेन्सिल लगाउनुहुँदैन । यसो गर्दा उमेर धेरै भएजस्तो देखिन्छ ।

बढ्दो उमेरको संकेत थाहा पाउनुपर्छ

आँखा वरपरको छाला संवेदनशील हुन्छ । त्यसैले बढ्दो उमेरको संकेत सबैभन्दा पहिले आँखा वरपर देखिन्छ ।

बढ्दो उमेरको संकेत

–अनुहारको कान्ति नष्ट हुनु ।

–छालाको चमक जानु ।

–छालाको कसिलोपन कम हुनु ।

–आँखाको तल लाइन तथा चाउरी देखिनु ।

–निधारमा रेखा देखिनु ।

–हाँस्दा गालामा रेखा देखिनु ।

एन्टी एजिङ ब्युटी ट्रिटमेन्ट

केही खास ब्युटी ट्रिटमेन्टबाट बढ्दो उमेरको संकेत रोक्न सकिन्छ ।

–इन्जेक्टेबल फिलर्स ट्रिटमेन्टको प्रयोगबाट छालामा एजिङको प्रभाव कम गर्न सकिन्छ ।

–परम्परागत फेस लिफ्टका अतिरिक्त रेडियो फ्रिक्वेन्सी ट्रिटमेन्ट पनि अपनाउन सकिन्छ ।

–लेजर प्रविधिले पनि छालामा एजिङको प्रभाव कम गर्छ ।

सावधानी : यी सबै ट्रिटमेन्ट दक्ष डर्मेटोलोजिस्टबाट मात्र गराउनुपर्छ ।

 Image