अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
आज सम्पूर्ण विश्व पानीको अभाव झेलिरहेको छ तर पनि मानिसहरू पाएसम्म बढी पानी खर्च गर्न पछि हट्दैनन् । कतिपयले त धारो खुलै छोडिदिन्छन्, यसरी खेर जाने पानी अरू कसैले उपभोग गर्न पाउँछ अथवा पछि आफैंलाई आवश्यक पर्दा काम लाग्छ भन्ने ज्ञान राख्दैनन् । वैज्ञानिकहरूले भविष्यमा पृथ्वीवासीले झेल्नुपर्ने सबैभन्दा ठूलो समस्या नै पानीको हुने कुरा बताइरहँदा हामी भने त्यसप्रति चाहेजति गम्भीर हुन सकिरहेका छैनौं । हाम्रो मानसिकता नै यसरी विकसित भएको छ कि विना कुनै कानुनी दवाव विवेक पुर्याएर पानी खर्च गर्नुपर्ने नियम पनि पालन गर्दैनौं । त्यस्तै भूमिगत जलस्रोतको अत्यधिक दोहनबाट पनि स्थिति दिनानुदिन बिग्रँदै छ । त्यसैले काठमाडौंजस्ता शहरहरूमा पानीको उचित प्रयोग गर्ने सम्बन्धमा नियम बनाइनुपर्छ तब मात्र उपभोक्ताहरू सचेत हुनेछन् । पानीको बचत गर्ने सवालमा गृहिणी वा महिलाको भूमिका महत्त्वपूर्ण रहन्छ । घरमा धेरै समय बिताउने महिलाहरूले यस कामको नेतृत्व लिएर चेतना फैलाउन लागिपर्ने हो भने भावी पुस्ताका पानीको सुरक्षामा ठोस उपलब्धि हासिल गर्न सकिन्छ । पानीको कम प्रयोग मात्र होइन वर्षाको समयमा प्राप्त हुने प्राकृतिक पानीलाई संरक्षण गरेर पानी नपर्ने समयमा प्रयोग गर्न सकियो भने पनि समस्या केही हदसम्म नियन्त्रण हुन्छ । तर यसका लागि सबैजना जागरुक हुनु जरुरी छ ।
विजया भट्टराई, ललितपुर