Successfully Copied

वान यूथको सफल यात्रा

सन २०१४ मा नेपालको समाजीक वेयलफेयरका निम्ति जुटेको वान यूथ आज आफ्नो लक्ष्य र उदेश्यमा तदरुकत्ताका साथ अगाडी बढिरहेको छ । बामे सर्दै अगाडी बढेको वान युथको मुख्य लक्ष्य भन्नु नै नितान्त ग्रामिण तथा दुर्गम र

सन २०१४ मा नेपालको समाजीक वेयलफेयरका निम्ति जुटेको वान यूथ आज आफ्नो लक्ष्य र उदेश्यमा तदरुकत्ताका साथ अगाडी बढिरहेको छ । बामे सर्दै अगाडी बढेको वान युथको मुख्य लक्ष्य भन्नु नै नितान्त ग्रामिण तथा दुर्गम र शहरका शिक्षाबाट वन्चित बालबालिकाहरुलाई पाठशालासम्म पुरयाउनुलार्य प्रमुख दायित्व ठानेको थियो । आलाकाचा युवाहरुको एउटा समुह हेर्दा पनि काम गर्लान र भन्ने जस्तो देखिने  युवाको आटले काम सुरु गर्न थालेको थियो ।  सबै सहयोगी संस्थाहरुले पनि पहिले सहयोग गर्न हिचकिचाएको अवस्था थियो उ बेला । अन्तरालमा, यूथ वानका युवाले आफ्नो निरन्तरको प्रयास संघर्ष जारी राखेकै कारण आजभोली समाजिक योगदानका लागि पक्का वा पाको सावित भएको छ ।

९ जनाको समुहले संचालनमा ल्याएको यूथ वान अहिले २ सय सदस्य बनाउन सफल भएको छ । यो संस्थाले सामाजिक कार्यमा ठूलो योगदान दिइदै आइरहेको छ । वान यूथले निमार्ण गरेको गो टिम मार्फत भूकम्प पिडित जिल्लाका विद्यालयहरुमा गएर त्याहाका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्‍यो । भूकम्प ताका काभ्रे, सिन्धुपालचोक, रामेछाप र काठमाडौं लगायतका विभिन्न जिल्लाहरु स्कुले बालबालिकाहरुलाई निकै  सहयोग गरेको छ । काभ्रेको प्रकाश उच्च माध्यमिक विद्यालयमा पुस्तकलाय निमार्ण गर्न सपल वान यूथले काभ्रेकै अर्काे जनजाग्रिती प्राथमिक विद्यालयका लागि पनि अतुलनिय सहयोग प्रदान गरेको थियो ।

काम गर्नका लागि उमेरले छेक्दैंन । काम गर्न आर्थीक रुपमा सवल नभएपनि संघर्ष गर्दै आर्थिक संकलन गरी शिक्षामा बञ्चित बालबालिकाको स्वास्थ्य र शिक्षामा अहोरात्र खटिरहेको वान यूथ खासमा अध्ययन गर्दै गरेका युवाहरुको समुह हो । कोही प्लस टू पास गरिसकेका छन भने कोही डिप्लोमा कोर्स पूरा गर्ने तयारीमा छन् । तथापि, आफ्नो अध्ययन र सामाजिक कामलाई पनि उतिकै समय मिलाएर समाज सेवाको निमित्त खटिरहेका छन् । वान यूथका सदस्यहरुले विभिन्न संस्थाहरुमा सहयोगको आवहान गरि काम गरेका छन् । कति स्कुलमा प्राविधिक शिक्षाको महत्वलाई मध्यनजर राख्दै कमप्यूटर वितरण गरका छन् । ठूला र साना योजना तय गरि धेरै बालबालिकाहरुको शिक्षामा वञ्चित नहोस भन्ने हिसाबले काम गरेको छ ।

गत वर्षको भूकम्पले क्षति पुगेका विद्यालय तथा विद्यार्थिहरुका लागि थुप्रै सहयोग समेत जुटाएको छ । जोस जागरका साथ कटिवद्ध भएर सामाजिक कार्यका निम्ति जुटेको वान यूथको आगामि दिन झनै सेवामा निरन्तर लाग्नु र नयाँ अवधारणा तय गरि मानविय हितका लागि जुट्नु संस्थाको अन्तिम लक्ष्य हो । यसैगरी,  बालबालिकको शिक्षा, लागुपदार्थ दुव्र्यसानी,यौन हिंसा, खुेल सामाग्री, छात्रबृति, शैक्षिक सामाग्री लगायत आवस्यक तथा अवस्था हेरेर उनीहरुको सहयोगमा जुट्ने वान यूथको प्रमुख विषय तथा तालिकामा पर्छन् ।  

 Image