Successfully Copied

विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)

अटिज्म भएका बालबालिकालाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा पुनस्र्थापना गराउने हेतुले २०६७ साल मंसिर महिनामा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रको स्थापना गरिएको थियो । दुईजना अटिज्म भएका बालबालिकाबाट यो केन्द्र स्थापना गरिएको केन्द्रकी संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सविता उप्रेती बताउँछिन् ।

अटिज्म भएका बालबालिकालाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा पुनस्र्थापना गराउने हेतुले २०६७ साल मंसिर महिनामा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रको स्थापना गरिएको थियो । दुईजना अटिज्म भएका बालबालिकाबाट यो केन्द्र स्थापना गरिएको केन्द्रकी संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सविता उप्रेती बताउँछिन् । 

नशा र तन्तुको विकास क्रममा जन्मजात हुने असमानताको एउटा रूप अटिज्म हो । यसलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ । यस्ता मानिसमा संचार विचलन, सामाजिक रूपमा घुलमिल हुन कठिनाइ तथा कल्पना शक्तिको लचकतामा कमी हुनेजस्ता समस्या हुन्छन् । त्यसैले यस्ता बालबालिकालाई विशेष हेरचाह तथा तालिम दिलाई विभिन्न थेरापी प्रदान गरेर साधारण विद्यालय पठाउनुपर्ने हुन्छ । कतिपय बालबालिका भने साधारण विद्यालय जानै नसक्ने हुन्छन् । बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै उनीहरूमा भएका फरक खालका समस्या र चुनौती पहिचान गरी तिनको समाधानका लागि यो विशेष स्कुल खोलिएको सविता बताउँछिन् । 

अटिज्म भएका बालबालिकालाई साधारण लेखपढ गर्न, कसैको सहयोग नलिई आफ्नो स्याहार आफैं गर्न सक्ने बनाउने काम पनि यो केन्द्रमा गरिन्छ । बालबालिकाको क्षमता विकास गरी सामाजिक हक, अधिकारसहित समाजमा पुनस्र्थापना गराउने उद्देश्यले यो संस्था स्थापना गरिएको हो । 

शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हो तर अटिज्म बालबालिकाका लागि नेपालमा विशेष किसिमको शिक्षाको व्यवस्था नभएको हुनाले विशेष शिक्षा आवश्यक भएका त्यस्ता बालबालिका ठूलो समस्यामा परेका छन् । विद्यालयहरू यस्ता बालबालिका भर्ना लिन हिचकिचाउँछन् । भर्ना लिए पनि यस्ता बालबालिकालाई आवश्यक पर्ने वातावरण, विशेष कक्षा तथा हेरचाहको व्यवस्था नहुँदा एउटै कक्षामा सामान्य विद्यार्थीसँग मिसिएर पढ्नुपर्ने बाध्यता छ । यस्ता बालबालिकालाई नियमित उपचार तथा थेरापीको आवश्यकता हुन्छ । त्यसैले यस्ता बालबालिका सामान्य विद्यालयमा समायोजन हुन सक्दैनन् । यस्ता बालबालिकालाई विशेष हेरचाहका साथै थेरापी तथा तालिम दिई सामान्य विद्यालयमा समाहित गर्नुपर्छ । साधारण विद्यालय जानै नसक्ने बालबालिकालाई विशेष शिक्षा विद्यालयमै उपलब्ध गराउनुपर्ने हुन्छ । अटिज्म बालबालिकाको शिक्षामा विकास तथा उनीहरूमा भएका फरक खालका समस्या र चुनौती पहिचान गरी समस्याअनुरूपको विशेष शिक्षाको व्यवस्था गर्ने उद्देश्यले यो स्कुल स्थापना भएको हो । 

सेवा

यहाँ विशेष शिक्षा आवश्यकता भएका बालबालिकालाई उनीहरूको अपाङ्गताको प्रकृतिअनुरूप कोर्स विकास गरी श्रव्यदृश्य सामग्री तथा विभिन्न प्रविधि प्रयोग गरी शिक्षा प्रदान गरिन्छ । त्यसका अतिरिक्त यहाँ दैनिक क्रियाकलाप, तालिम र थेरापीको पनि व्यवस्था छ भने दैनिक क्रियाकलाप, तालिम एवं थेरापीको व्यवस्था छ । यहाँ ३ वर्षदेखि १३ वर्षसम्मका अटिज्म स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकालाई लक्षित गरी शिक्षा तथा सेवा उपलब्ध गराइन्छ । यस्ता बालबालिकालाई विशेष शिक्षासहित उक्त समयमा खाना, खाजा, यातायात, फिजियोथेरापी, अकुपेसनल थेरापी, स्पिच थेरापी, स्पर्श थेरापीलगायत नियमित स्वास्थ्य परीक्षणको व्यवस्था पनि संस्थामा भएको सविताले बताइन् । 

संस्थाको उपलब्धि 

हाल संस्थाबाट ४० जना अटिज्म स्पेक्ट्रम डिसअर्डर भएका बालबािलकाले सेवा लिइरहेका छन् । स्थापनाकालदेखि हालसम्म ६० जना बालबालिका पुनस्र्थापना भैसकेका छन् । तीमध्ये ३० जनालाई सामान्य स्कुलमा पढ्न सक्ने गरी पुनस्र्थापित गरिएको छ । ५ सय ५० भन्दा बढीलाई फिजियोथेरापी सेवा प्रदान गरिएको छ । हाल केन्द्रले १६ वर्षमाथिका किशोर–किशोरीहरूलाई जीवन सहजीकरण तथा सीपमूलक तालिम प्रदान गर्न थालेको छ । यसले उनीहरूलाई सहज जीवनयापन गर्न सघाउ पुर्‍याउँछ । यहाँ विभिन्न विधागत विज्ञहरूसँग छलफल तथा परामर्श गरी अटिज्मका सम्बन्धमा देशव्यापी सचेतनात्मक कार्यक्रम पनि संचालन गरिँदै आएको छ । 

यो केन्द्रद्वारा उत्पादित सामान

क्रिस्टल तथा मोतीका गहनाहरू, कपडा तथा फाइबरका झोला, ढाकाको खादा, ढाकाका मफलर, रुमाल, मास्क, किरिङ आदि । 

 Image