Successfully Copied

नयाँ वर्षको संकल्प

निर्मला केसी, बाग्मती सफाइ अभियन्ता नयाँ वर्ष आउँदा के कुरा सम्झना हुन्छ ? नयाँ कुरा, नयाँ थालनी नै नयाँ वर्ष हो । नयाँ वर्षलाई विशेष उत्सवका रूपमा मनाउनुपर्छ ।

निर्मला केसी, बाग्मती सफाइ अभियन्ता

नयाँ वर्ष आउँदा के कुरा सम्झना हुन्छ ?

नयाँ कुरा, नयाँ थालनी नै नयाँ वर्ष हो । नयाँ वर्षलाई विशेष उत्सवका रूपमा मनाउनुपर्छ । 

 

नयाँ वर्ष कसरी मनाउने सोचमा हुनुहुन्छ ? 

विगतका वर्षमा जस्तै नयाँ वर्षको पहिलो बिहानी सासू–ससुरा भेट्न जाने तथा उहाँहरूबाट आशीर्वाद लिने योजना छ । अरु बेलाको भन्दा भिन्नै नौलो परिकार बनाउनुका साथै श्रीमान् तथा छोराका साथमा घुम्न जाने योजना छ । परिवारसँग बसेर वर्षभरि गरिने कामको योजना बनाउने काम पनि यही दिन गर्छु । 

 

नयाँ वर्षका योजना के–के छन् ?

विगतका वर्षमा जस्तै यो वर्ष पनि बाग्मती सफाइ अभियानमा सक्रिय रहन्छु । ‘जीवन विज्ञान केन्द्र’  वनस्थलीमा योग तथा ध्यान गराउन सक्रिय रहने योजना छ । अध्यात्मले मानिसलाई आत्मबल प्रदान गर्नुका साथै आत्मनिर्भर पनि बनाउँछ । ध्यान तथा योगको माध्यमबाट समाज उत्थानमा लाग्ने योजना छ । वनस्थलीमा नगर सफाइ गर्ने योजना पनि छ । यसैगरी आफ्नो अफिसको काममा पनि गुणस्तरीय सेवा दिन कटिबद्ध भएर लाग्नेछु । 

 

नयाँ वर्षमा संकल्प लिनैपर्छ ? 

नयाँ वर्ष नयाँ सुरुवात हो । यसले मनमा विभिन्न उमङ्ग तथा उत्साह पैदा गर्छ । बितेका वर्षमा बिग्रिएका तथा पूरा नभएका काम सम्पन्न गर्न नयाँ वर्षले अवसर प्रदान गर्छ । संकल्प लिएपछि मात्र काममा अघि बढ्न सकिन्छ । यो राम्रो संस्कृति हो । यसको माध्यमबाट मानिस सकारात्मक बन्धनमा बाँधिन्छ । आफ्ना कमी–कमजोरीहरूलाई आत्मसात् गरी त्यसमा सुधार ल्याउन पनि संकल्प लिनैपर्छ ।  

 Image