सरल मेकअप
मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन ।

आउटलेट : टिन क्रियसन ब्युटिपार्लर, चक्रपथ, सल्लाघारी ।
विशेषता : मोरोक्कन बाथको स्पेशल ।
टिन क्रियसनले उपत्यकामा सल्लाघारी तथा गोंगबु शाखामार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको छ । विगत तीन वर्षदेखि संचालित टिन क्रियसन मोरोक्कन बाथको सेवा प्रदान गर्ने उपत्यकाकै पहिलो पार्लर पनि हो । मोरोक्कन बाथ शरीरका लागि फाइदाजनक छ ।
मोरोक्कन बाथमा पहिले बाफमा १० मिनेट शरीरलाई राखेपछि पुन: मनतातो पानीले शरीर सफा गरिन्छ अनि मोरोक्कन साबुन शरीरभरि प्रयोग गरी २५ मिनेट त्यत्तिकै छाडिन्छ । यसले शरीरको मृत छाला सफा गर्नुका साथै शरीर भित्रको समस्या पनि तैलीय स्वरूपमा बाहिर ल्याउँछ । त्यसपछि शरीरलाई राहत महसुस हुनुका साथै सहरको व्यस्त जीवनमा एउटा बेग्लै प्रकारको ताजगी प्राप्त हुन्छ । मोरोक्कन बाथको विशेषता पनि यही हो । यसैगरी टिन क्रियसनमा मेकअप, हेयर स्टाइल, मेनिक्योर तथा पेडिक्योरको पनि प्रभावकारी सेवा प्राप्त गर्न सकिन्छ ।
तस्विरहरु: नवराज वाग्ले