Successfully Copied

नयाँ वर्षको योजना के छ ?

हेटौंडामा परिवारसँग नयाँ वर्ष मनाउने योजना छ । 

यस क्षेत्रमा नयाँ के गर्दै हुनुहुन्छ ?

यही वैशाखदेखि नयाँ चलचित्रहरूमा पृथक् अभिनयका साथ देखा पर्दैछु । 

चलचित्र क्षेत्रमा अझ के–के कुरामा सुधार हुनु जरुरी छ ?

चलचित्र विकास बोर्डले नयाँ नियम बनाउनुपर्छ । कलाकार हुन, फिल्म बनाउन पनि मापदण्ड तोक्नुपर्छ । जस्तो पायो त्यस्तै चलचित्रलाई प्रदर्शन गर्न रोक लगाउनुपर्छ । फिल्म रिलिजको दिन पनि जुधाउन दिनुहुँदैन । २–३ दिन भए पनि फरक समयमा रिलिज गराउने नियम बनाउनुपर्छ ।  

नयाँ वर्षको रिजोलुसन के छ ?

सबैसँग सजिलैसँग घुलमिल हुने र राम्रो चलचित्रको अफरमा मात्र देखा पर्ने । 

नयाँ वर्ष भन्नासाथ के सम्झनुहुन्छ ?

नयाँ ऊर्जा र केही गरौं भन्ने जोस ।

 

 Image