Successfully Copied

कम्प्युटरको नयाँ रुप

त्यो समय जतिबेला ठुला मनिटर अनि उचाल्नै नसकिने स्क्रिनयुक्त कम्प्युटरमा अफिसियल काम हुन्थ्यो, त्यो पनि कम्प्युटर नभइ नहुने कार्यालयमा मात्रै ।

त्यो समय जतिबेला ठुला मनिटर अनि उचाल्नै नसकिने स्क्रिनयुक्त कम्प्युटरमा अफिसियल काम हुन्थ्यो, त्यो पनि कम्प्युटर नभइ नहुने कार्यालयमा मात्रै । नत्रभने हामी मध्ये धेरैजना लेखपढ गर्नुपर्ने जिम्मेबारीभित्रका छौं भने कलमद्वारा कपीमा लेख्दै पुन सार्दै । एउटा काम सिध्याउन घण्टौं लाग्थ्यो । कम्प्युटर भएपनि छुनसमेत डर लग्थ्यो, कतै गडबडि हुने पो हो कि ? उहिलेका बिशाल ब्ल्याक एण्ड ह्वाइट कम्प्युटरले क्रमश संग्राहालयमा स्थान पाउन थालेका छन् । तिनको सट्टामा अत्याधुनिक कलर्स टिएफटी मनिटर अत्याधुनि सफ्टवेयरयुक्त कम्प्युटर आएका छन् । गीतकार डा. कृष्णहरी बराल भन्छन् अब ति दिन सकिए जब लेखक, कबी, साहित्यकारले कागजमा लेख्दै नमिलेजस्तो लागे च्यात्दै फल्दै अनि पुन लेख्दै गर्न परोस् । बिगत आधा दशकदेखी मैले लेखनका लागी हाइटेक तरिका अपनाउंदै आएको छु । जब सारा दुनिया अगाडी बढिरहेको छ भने म किन पछि पर्ने ? यसरी लेख्दा आफ्ना रचनाको सम्पादन गर्न पनि सहज हुने समय पनि कम खर्चिलो । त्यति मात्रै होइन आफ्ना रचना सुरक्षित साथ राख्न पनि यसले निक्कै सहज बनाएको छ । 

यति मात्रै होइन हातमा बोकेर हिड्न मिल्ने मिनि ल्यापटप, नोटप्याड आदिले त जीवनलाइ झनै सहज बनाइदिएका छन् । तपाइ जहां जस्तो अवश्थामा हुनुहुन्छ यसले तपाइलाइ संसारसंग जोडिन मद्दत पुऱ्याउंछ । आज कम्प्युटर हरेक समाज र वर्गका लागी बरदान साबित भएको छ । म्यागासेसे बिजेता महाबिर पुनले दुर्गम गाउंमा कम्प्युटरकै माध्यमद्वारा ग्रामीण गाउंलेलाइ अति बिकसित राष्टका मानिसहरूसंग जोडिने माध्यम बनाउन सफल भए । यो परिवर्तन निश्चय पनि बिशाल परिवर्तनको संकेत हो ।

 Image