Successfully Copied

कसरी बन्ने परफेक्ट श्रीमान्

हरेक स्त्री आफ्नो श्रीमानमा बेसिक मेनर्स होस् भन्ने चाहना गर्छिन् ।

हुनुपर्छ मेनर्स– हरेक स्त्री आफ्नो श्रीमानमा बेसिक मेनर्स होस् भन्ने चाहना गर्छिन् । 

–उनका लागि कारको ढोका खोलेस् । 

–उनी बस्न खोज्छिन् भने उनका लागि कुर्सी मिलाइदिने अनि आफू बस्ने । 

–गल्तीमा सरी भन्न कञ्जुस्याइँ नगर्ने र आवश्यकता पर्दा थ्याङक्यु भन्ने मौका पनि खेर जान नदिने । 

–तपाईको शिष्ट व्यवहारले तपाईको श्रीमतीलाई अभिभूत गराउने सक्छ र यसका लागि तपाईले धेरे मिहनेत गर्नुपर्ने हुादैन । मात्र आफ्नो बोलचालमा थोरै मीठास र व्यवहारमा शिष्टतालाई समावेश गर्नुपर्ने हुन्छ । 

–रोमान्टिक बन्नुपर्छ : रोमांटिक बन्नुको अर्थ जहिल्यै तपाईले आफ्नो रोमान्स व्यक्त गर्न क्यान्डल लाइट डिनरको सहारा लिनु होइन, तर कहिलेकाही यसो गर्दा राम्रो प्रभाव पर्छ । 

–कहिले–काही प्रेमपूर्ण नोट लेखर उनका लागि छोडनुपर्छ, कहिले इमेलमा वा फोनबाट प्रेमपूर्ण मेसेज पठाउनु उचित हुन्छ । 

–उनलाई उनी सुन्दर छिन र तपाईको मन–मस्तिष्कमा जहिल्यै छाउने गर्छिन भन्ने व्यक्त गर्नुपर्छ । 

–थोरै र्‍याम्पर गर्नु पनि आवश्यक छ । 

–अन्डरस्टथाण्डिड बन्नुपर्छ : परफेक्ट श्रीमान् बन्नु छ भने श्रीमतीको मनोभाव र समस्यालाई राम्ररी बुझ्नु आवश्यक छ । 

–यदि उनी कुनै कुराबाट समस्याग्रस्त छिन वा हरेक कुरामा चिडचिडा हुने गर्छिन नराम्रो महसुष गर्छिन वा रिसाउने गर्छिन भने आफै रिसाउनुको साटो उनलाई के कुराको समस्या परेको, के कुरा चित्त बुझोको छैन भन्ने बारे बुझ्ने कोशिष गर्नुपर्छ । यो समस्या शारीरिक वा भावनात्मक दुवै हुन सक्छ । 

–यतिबेला उनलाई तपाईको सबैभन्दा बढी आवश्यकता हुन्छ, अत: उनको साथ दिनुपर्छ, उनको कुरा सुन्नुपर्छ ।

–कथन पुरुष हाँसोमा उठाउने गर्छन् र नाटक गर्दै गरेको बताउँछन् । यसले स्त्रीलाई आहत पुग्छ र उनी आफ्नो समस्या शेयर गर्न रुचाउँदिनन् । 

–प्रोटेक्टिभ बन्नुहोस्, लापरवाह होइन : श्रीमतीलाई महसुस हुनुपर्छ कि यदि तपाई उनका साथमा हुनुहुन्छ भने उनी हरेक तरिकाबाट सुरक्षित छिन् र तपाईंलाई उनको परवाह छ । 

–बीच–बीचमा फोन गरेर सोध्नुपर्छ कि उनी ठीक तरिकाले अफिस वा घर पुगिन वा पुगिनन् । 

–प्राय: पुरुष सोच्छन् कि कामकाजी स्त्रीलाई सबैतिरको कुरा थाहा हुन्छ नै, बाटोमा कठिनाई हुादैन, केही परेमा फोन गरिहाल्छ नि । यसो सोच्नु श्रीमतीका बारेमा लापरवाह हुनुको संकेत हो । 

–हरेक स्त्री यस्तो श्रीमान्को चाहना राख्छिन, जसमा समस्या उनी आफूलाई सुरक्षित महशुष गर्न सक्छिन । स–सानो कुराबाट तपाई उनलाई यसबारे अनुभव गराउन सक्नुहुन्छ तर ख्याल गर्ने नाममा पोजेसिभ हुनुबाट जोगिनुपर्छ । 

अधिकार जताउनुहोस तर दवाव होइन 

तपाईको कुरा र व्यवहारबाट तपाईको श्रीमतीलाई तपाई उनीमाथि विश्वास गर्नुहुन्न भन्ने अनुभव गर्न दिनुहुादैन । कुनै प्रश्न गर्दा, तिनलाई तपाईले उनको ख्याल राखेको भन्ने अनुभूति दिने हुनुपर्छ, सोध्ने शैली यस प्रकारको हुनुपर्छ । 

–हरेक कुरामा रोकटोक, प्रतिबन्ध र प्रश्न गर्ने गर्नु हुादैन । 

–श्रीमतीमा रुचि देखाउनुपर्छ । उनीमाथि विश्वास गर्नुपर्छ । कयन पुरुष यस्ता हुन्छन् जसलाई आफ्नो श्रीमतीको रुचि वा चाहनाबारे केही कुरा थाहा हुने गर्दैन । कारण उनीहरू यसलाई जरुरी मान्ने गर्दैनन्, तर यदि तपाई परफेक्ट श्रीमान् बन्न चाहनुहुन्छ भने आफ्नो श्रीमतीको रुचि अरुचिबारे बुझ्ने जान्ने कोशिष गर्नुपर्छ । 

प्रसंशाको अवसर गुमाउनु हुादैन 

उनको सुन्दरता र कार्य कुशलताको प्रशंसा गर्नुपर्छ । तिनलाई तपाई तिनको विचार सम्मान गर्नुहुन्छ भन्ने अनुभव गर्नुपर्छ । उनले बनाएको परिकार जुन स्वादिष्ट बनेको छ त्यसबारे खुलेर प्रशंसा गर्नुपर्छ । 

–कर्तव्यको अवहेलना गर्नु हुादैन, आफ्नो वाचा पूरा गर्नुपर्छ । पुरुषलाई लाग्छ किनकी मेरी श्रीमती मलाई प्रेम गर्छिन, यसैले यदि म यो काम गर्दिन वा कुनै गरिएको वाचा गरिएन भने पनि उनलाई नराम्रो लाग्दैन । तर धेरै हदसम्म संभव हुन्छ होला, स–साना कुरा पनि तिनका लागि मह्तवपूर्ण हुने गर्छ, जसमा तपाईको ध्यान नगएको हुनसक्छ । 

–यदि सााझ कतै भेटन वाचा गर्नुभएको छ भने अफिसबाट थोरै चााडै निस्कनेर उनको प्रतिक्षा गर्नु उचित हुन्छ । 

–बच्चा र अन्य घरका काममा उनको सहयोग गर्नुपर्छ र उनलाई अनुभूति दिलाउनुपर्छ कि तपाई जहिल्यै उनको सहयोगका लागि उपलब्ध रहनुहुन्छ । 

–कहिले काही बजारबाट फलफूल, सागसब्जी आदि ल्याउने गर्नुपर्छ । 

–सातामा एक पटक किचेनमा उनको मद्दत गर्नुपर्छ वा कुने स्पेशल डिस बनाएर ख्वाउनुपर्छ । 

राम्रो श्रोता बन्नुपर्छ : परफेक्ट श्रीमान् बन्नका लागि राम्रो स्रोता बन्नु अत्यावश्यक छ । श्रीमतीको कुरालाई गम्भीरतापूर्वक सुन्नुपर्छ । 

–कयन पटक उनी व्यक्त गर्न चाहिन्छिन, उनी तपाईबाट शायद समाधानको इच्छा पनि नराख्ने हुनसक्छ । अत: धैर्यतापूर्वक सुन्नुपर्छ । 

–कयन पटक उनी मनको कुरा व्यक्त बगर्न चाहन्छन्, यसले उनलाई मानसिक शान्ति दिन्छ, अत: सुन्नुहोस्, ध्यान दिएर रुचिपूर्वक । 

निर्णय लिने क्षमता राख्नुपर्छ : यदि तपाई कुनै कुराको सम्बन्धमा ठोस राय राख्नुहुन्छ भने कुरा तपाईलाई आफू सही हो भन्ने थाहा छ भन्ने चाहि जेसुकै होस, आफ्नो विश्वास अडिग रहनुपर्छ । यस्ता पुरुषमा कोही पनि स्त्री भरोसा गर्न सक्छन् । 

–तर यसको अर्थ जिद्दी हुनु वा कुनै कुरामा अडिनु होइन । जे सही छ, त्यसका पक्षमा उभिनु र अरुलाई यसमा विश्वास बनानु हो । 

–जो पुरुष राम्रो लिडर बन्नु सक्छ र विना कुनै दुविधा निर्णय लिन सक्छ, उमाथि स्त्रीको विश्वास हुन्छ । 

–श्रीमतीको आर्थिक आवश्यकताको पूर्ण ख्याल राख्नुपर्छ । 

तपाई परिवारको जिम्मेवारी निर्वाह गर्नुहुन्छ र आर्थिक पक्ष पनि तपाईकै हातमा छ, तर जहिल्यै यसबारे सचेत रहनुपर्छ कि तपाईकी श्रीमतीका साथमा पनि सधैं पैसा रहोस् । तपाईकी श्रीमतीलाई कुनै कुराको कमी वा अभाव महसुस नहोस् भन्ने कुरामा सचेत रहनुपर्छ । 

–उनका लागि समय–समयमा उपहार ल्याउनुपर्छ र घरका सर–सामान ल्याउनमा कञ्जुसी गर्नु हुँदैन । 

–श्रीमतीको रुचिका कुरा उनलाई लिन दिनुपर्छ, कहिलेकाहीँ उनलाई सपिङमा लग्नुपर्छ । 

–उनलाई उनको खुसी तपाईलाई महत्वपूर्ण छ भन्ने बारेमा अनुभूति दिलाउनुपर्छ । 

 Image