सरल मेकअप
मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन ।

दुई ग्लास पानीमा एक चम्चा चियाको पत्ति हालेर पानी केही समय उमाल्नुपर्छ त्यसपछि यसमा कागतीको रस हाल्नुपर्छ । यो मिश्रणले केश पखाल्दा केशमा चमक आउँछ ।
एक ग्लास बियर लिएर कंडीसनर जस्तै गरी यसलाई केशमा लगाउनुपर्छ । यसले केशलाई चमकदार तथा चम्किलो बनाउँछ ।
मुसुरोको दाललाई पानीमा भिजाएर पानीले केश धुदा यसले केशलाई नरम तथा चम्किलो बनाउँछ । केश सुख्खा छ तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा २ चम्चा रमलाई पानीमा हालेर केशलाई पखाल्नुपर्छ । यसले केशलाई नरम तथा मुलायम बनाउँछ ।
केशलाई अधिक प्रयोग गर्नु राम्रो मानिँदैन । त्यसैले ब्लो ड्राइ, केमिकल स्टेनिङ, कलरिङ आदि जस्तो प्रक्रिया जहाँसम्म कम गराउनुपर्छ ।