फेसनमा नयाँ एसेसरिज
फेसन बजार परिवर्तित छ । खासगरी पहिरन शैली सधै एकनास रहँदैन । एसेसरिजको फेसन बजारमा पनि हरेक वर्ष नयाँ डिजाइन भित्रिरहेको हुन्छ । यसले व्यक्तिको सौन्दर्य निखार्ने काम गर्छ ।

फेसन च्वाइस
मनपर्ने रंग : सेतो
मनपर्ने पहिरन : साडी
पार्टी वेयरका लागि : गाउन
विवाहपछिको परिवर्तन : पहिले घरको पूजामा कुर्ता लगाउँथें भने विवाहपछि पूजा तथा पारिवारिक गेटटुगेदरमा साडी, मंगलसूत्र तथा सिन्दूर लगाउँछु ।
सपिङ : सौखिन छु ।
मनपर्ने अंग : मेरो मुस्कान ।
ब्यागमा सधै हुने सामान : फोन, मेकअप किड, पेन, हेडफोन र एटिएम कार्ड ।
ग्याजेट : खासै रुचि छैन । बरु मेकअप सामानमा बढी खर्च गर्छु ।