Successfully Copied

मासिक आय २० देखि ५० हजार हुनेहरूका लागि

हामी नेपालीहरूको मासिक आय २० देखि ५० हजारको हाराहारीमा हुन्छ।

हामी नेपालीहरूको मासिक आय २० देखि ५० हजारको हाराहारीमा हुन्छ । यस्तो स्थितिमा आफ्नो सबै खर्च कटाएर बचत गर्न निकै कठिन हुन्छ । अहिलेको महँगो परिस्थितिमा यति तलब वा आयले आफ्नो जीवन अघि बढाउन निकै कठिन छ । त्यसैले आफ्नो आय हेरी खर्च गर्नुपर्छ । बिलासिताका सामग्रीहरूलाई पन्छाएर आवश्यक मात्रामा खर्च गरी केही रकम बचत गर्नुपर्छ । 

लगानीको रणनीति 

–महिनामा २० देखि ५० हजार कमाउने जोकोहीले आफ्नो भविष्यलाई ध्यानमा राखी कम खर्च गर्नुपर्छ। वर्ष बित्दै जाँदा आफ्नो बचतको मूल्य बढाउनुपर्छ । प्रत्येक वर्ष आम्दानीअनुसार आफ्नो बचतको रकम बढाउनुपर्छ । 

–लगानी गर्दा तीन कुरामा ध्यान दिनुपर्छ । ब्याजसहित मूल धन कहिले प्राप्त हुन्छ ? आफूलाई आवश्यक परेका बेलामा प्राप्त गर्न सकिन्छ कि सकिँदैन ? यकिन गर्नुपर्छ । लगानीको जोखिम उठाउने स्थिति छ कि छैन ? यकिन गर्नुपर्छ । साथै आफ्नो धनराशिको कर तिर्न सकिन्छ कि सकिँदैन त्यो पनि यकिन गर्नुपर्छ । 

–अवकाश प्राप्त जीवनका लागि विभिन्न म्युचल फन्डमा लगानी गर्न सकिन्छ । 

–आफ्नो आयलाई सानो क्षेत्रमा पनि लगानी गर्न सकिन्छ । विभिन्न चल–अचल सम्पत्ति तथा शेयरमा लगानी गर्न सकिन्छ । 

 Image