परीक्षाको समयमा घरको वातावरण

नारी संवाददाता

पुस ३, २०७२

  • घरको वातावरणलाई अत्यन्त शान्त बनाउनुपर्छ । 
  • बालबालिकाहरूलाई परीक्षाको विषयमा अत्याउनु हुँदैन । 
  • परीक्षाको समयमा बालबालिकाहरूलाई कुनै किसिमको घरायसी काममा लगाउनु हुँदैन । 
  • बालबालिकाहरूलाई सहयोग गर्न सधैं तयार रहनुपर्छ । 
  • पढाइको विषयलाई लिएर बालबालिकाहरूलाई कराउनु हुँदैन । फ्रेस हुनका लागि खेल्ने तथा टिभी हेर्ने छुट दिनुपर्छ । 
  • परीक्षाको समयमा बालबालिकाहरूको व्यवहार राम्रो नभए राम्रोसँग सम्झाउनुपर्छ । 
  • शतप्रतिशत अंक ल्याउनुपर्छ भनेर दबाब दिनु हुँदैन । 
  • पढाइका लागि समय तालिका बनाइदिनुपर्छ । 
  • बालबालिकाहरूको दिनको सुरुवात ब्रेकफास्टबाट गराउनुपर्छ । 
  • बालबालिकाहरूलाई ताजा फल तथा हरियो तरकारी पर्याप्त मात्रामा दिनुपर्छ । 

     

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>