Successfully Copied

कुरा हेयर रिमुवको

हेयर रिमुवल क्रिम खरिद गर्दा प्याकेटमा लेखिएको सामग्रीमा ध्यान दिनुपर्छ । यसमा छालालाई कोमल बनाउने ब्युटी ओयल, सिया बटर, एलोबेरा र भिटामिन ई आदि विशेष प्राकृतिक कुराहरू हुन्छन् ।

  

हेयर रिमुवल क्रिम खरिद गर्दा प्याकेटमा लेखिएको सामग्रीमा ध्यान दिनुपर्छ । यसमा छालालाई कोमल बनाउने ब्युटी ओयल, सिया बटर, एलोबेरा र भिटामिन ई आदि विशेष प्राकृतिक कुराहरू हुन्छन् । ती सबै वस्तुले छालालाई फाइदा पुर्‍याउँछन् । केही हेयर रिमुभिङ प्रोडक्ट विशेष  छालाका लागि हुन्छन् । अत: छालाको प्रकृतिअनुरूप प्रोडक्ट छनोट गर्नु राम्रो हुन्छ । 

–बेक्सिङ गर्नुभन्दा आधा घन्टापूर्व एस्प्रिनजस्ता पेन किलर खानुपर्छ, विशेष गरी जब अपर लिप, ब्रेस्ट, विकनी एरिया वा पूरा बडी बेक्सिङ गरिन्छ ।

–पहिलो पटक बेक्सिङ गराउँदा ब्युटी विशेषज्ञको सल्लाह लिनुपर्छ । यसबाट आफ्नो छालालाई कुन प्रकारको बेक्सिङ सुट गर्छ थाहा हुन्छ । यस प्रकारको हेयर रिमुभिङमा बेक्सिङको गाढापन, छालालाई समात्ने र बेक्सिङ स्ट्रिप्स फटाफट लगाउने र सही दिशामा त्यसलाई एक झट्कामा तानेर निकाल्ने कलाले महत्व राख्छ । त्यसो त  रेडी टु युज बेक्सिङ स्ट्रिप्स प्रयोग गर्न सकिन्छ । यो सुविधाजनक हुन्छ, यसलाई तताउने झन्झट पनि हुँदैन ।

–बेक्सिङको प्रोग्राम बनाउँदा त्यो दिन आफूलाई एसिडिटी नहोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । कारण एसिडिटीबाट छाला बढी सेन्सिटिभ हुन्छ । एसिडिटीको समस्या छ र सोही दिन बेक्सिङ गर्नु छ भने २० मिनेट पहिले एन्टाएसिड खानुपर्छ ।

–बेक्सिङभन्दा पहिले आफ्नो बडीको केही एक्स्ट्रा केयर गर्नुपर्छ । छालाको डेड सेल्स, बन्द पोर्स र हेयर रुटबाट सही तरिकाले निस्कन नसकेका इनग्रो हेयरजस्ता समस्याका लागि बेक्सिङभन्दा पहिले बडी स्क्रविङ गर्नुपर्छ । स्क्रविङमा दुई थोपा कागतीको रस पनि हाल्नुपर्छ । त्यसपछि बडीमा रहेको मैलो निस्कन्छ र बेक्सिङ गर्दा मसिनो केश पनि निस्कन्छ ।

–कुनै पनि प्रकारको हेयर रिमुभ प्रयोग गर्नुपूर्व छालामा एस्ट्रिजेन्ट र टोनर लगाउनु हुँदैन, किनभने त्यसले छालाको पोर्स कसिलो भै हेयर रिमुभ गर्न कठिनाइ उत्पन्न हुन्छ । यसबाट पीडा पनि हुन सक्छ । 

–हेयर रिमुभिङपूर्व छालामा आइस लगाउनु हुँदैन । यसबाट पनि छाला कसिलो हुन्छ र रोमछिद्र बन्द भएर कसिन्छ । यसबाट बेक्सिङ स्ट्रिप्समा केश पूर्णरूपले टाँसिएर आउँदैन । बेक्सिङ गराउँदा रोमछिद्रलाई कस्नु हुँदैन ।

–बेक्सिङभन्दा कम्तीमा दुई घन्टा पहिले चिया, कफी वा अरु नशालु कुरा खानु हुँदैन । यसबाट बढी रिल्याक्स भए पनि बडी सेन्सेटिभ हुन्छ । यसबाट बेक्सिङ गर्दा धेरै पीडा हुन्छ । चिया–कफीको साटो पर्याप्त पानी पिउनुपर्छ । यसबाट छालालाई प्राकृतिक कोमलता प्राप्त हुन्छ । 

–बेक्सिङ पार्लरमा राम्रो तरिकाले हुन्छ । बेक्सिङलाई ४० डिग्रीमा झट्का दिएर तान्नुपर्छ । आफैले यस्तो गर्न केही कठिन हुन्छ । घरमै गर्नु छ भने अरू कसैको सहयोग लिनु राम्रो हुन्छ ।

–घरमा कोल्ड बेक्स स्ट्रिप्सबाट हेयर रिमुभ गर्न सजिलो हुन्छ । घरमै बेक्सिङ गर्ने हो भने ट्रान्सपरेन्ट बेक्स प्रयोग गर्नुपर्छ ।

–छाला संवेदनशील छ भने अर्गानिक बेस वा हर्बल हेयर रिमुभिङ क्रिम प्रयोग गर्नुपर्छ । यसमा एलर्जीको समस्या हँुदैन । 

–बेक्सिङ गर्नुपूर्व तनावग्रस्त हुनु हुँदैन । जानकारहरूका अनुसार गहिरो श्वास लिएर बडीलाई रिल्याक्स राख्नुपर्छ । यसरी बेकिङ गर्दा कम पीडा हुन्छ । 

–नाक, कानभित्र, आइलेसेज, आइब्रो, निप्पल आदि भागमा बेक्सिङ गर्नु हुँदैन । 

–बेक्सिङ गरेपछि कम्तीमा ४८ घन्टा घाममा निस्कनु हुँदैन । आवश्यक भए राम्रो क्वालिटीको सनब्लक क्रिम लगाउनुपर्छ । यसबाट सन टेन हुँदैन । बेक्स गरिएको छाला चाँडै टेन हुन्छ ।

–बेक्स आवश्यकताभन्दा बढी तातो हुनु हुँदैन । तातो भयो भने छाला जल्छ र दाग लामो समयसम्म रहन्छ । 

–पहिलो पटक बेक्सिङ गर्दा पीडा नहोस् भनेर एक्सपर्ट एनेस्थेटिक नविङ स्प्रे पनि प्रयोग गरिन्छ । यसलाई बेक्सिङभन्दा ३० मिनेटपूर्व प्रयोग गर्नुपर्छ । 

–घरमै बेक्सिङ गर्ने हो भने कम्तीमा एक तिहाइ स्ट्रिप्स तान्नका लागि फ्रि राख्नुपर्छ । स्ट्रिपमा राम्रो ग्रीप हुन्छ भने तान्दा राम्रोसँग हेयर रिमुभ हुन्छ । बेक्सिङ स्ट्रिप छालामा लगाउँदा स्ट्रिपलाई छालामाथि राम्रोसँग प्रेस गर्नुपर्छ । 

–बेक्सिङ स्ट्रिपलाई माथिपट्टि तान्नु हुँदैन, नत बाहिरपट्टि छालाको नजिबाट नै स्ट्रिपलाई एकै झट्कामा तान्नु उपयुक्त हुन्छ । 

–बेक्सिङ स्ट्रिपलाई हल्का ढंगबाट तान्नु हुँदैन । यसो गर्दा हेयर रूट पूर्णरूपले निस्कदै धेरै पीडा हुन्छ र रेड प्याचसमेत पर्न सक्छ । 

–फेसियल हेयर रिमुभ गर्ने हो भने बढी बेक्सको तुलनामा यसलाई कम तताउनुपर्छ । किनभने अनुहारको छाला बढी संवेदनशील हुन्छ । 

–बेक्सिङपछि भिजेको टाबेलले रगड्नु हुँदैन । यसो गर्दा छालामा दाना निस्कने सम्भावना हुन्छ । बेक्सिङपूर्व सावर पनि गर्नु हुँदैन । भिजेको छालामा बेक्सिङ गर्न कठिन हुन्छ । 

–बेक्सिङपछि लुज फिटिङ कपडा लगाउनुपर्छ । टाइट कपडाले छालामा इचिङ हुनसक्छ । फ्रेस बेक्सिङमा टाइट कपडा पीडादायक हुन्छ । 

–बेक्सिङ गरेको तीन–चार दिनपछि छाला स्क्रव गर्नुपर्छ । यसबाट छालामा इनग्रो हेयर समस्या हुँदैन । 

–बेक्सिङ कहिल्यै पिरियड्स वा त्योभन्दा ३–४ दिन पहिले गर्नु हुँदैन । यसलाई सधैं महिनावारीको १२–औं देखि २० औं दिनको बीच गर्नुपर्छ ।

–गर्मीमा बेक्सिङपछि एलोबेरा, गुलाब वा चन्दनयुक्त लोसन लगाउनुपर्छ । यसबाट पोल्ने समस्या कम हुनुका साथै आराम महसुस हुन्छ । 

–घरमा बेक्सिङ प्रोडक्ट खरिद गर्दा कृत्रिम सुगन्धित नहोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । टी, लेवेन्डर, हनी, चिनी र चकलेटजस्ता कुराबाट बनेको बेक्सिङ राम्रो हुन्छ । 

–फेस बेक्सिङपछि चिसो आइस ब्याग मुहारमा राख्नुपर्छ । 

–कुनै विशेष अवसरमा जानु एकदिनपूर्व बेक्स गराउनुपर्छ । यसो गर्दा छालालाई आराम प्राप्त हुन्छ । 

–बडी बेक्स गराउनु छ भने बेक्सिङभन्दा पहिले प्रि बेक्सिङ ओइलको लेअर लगाउनुपर्छ । यसो गर्दा पीडा कम हुन्छ ।

 

 Image