Successfully Copied

अधबैंसे आमाको चलन

आधुनिक जमानाका करियर ओरिएन्टेड महिलाहरू करियरप्रतिको क्रेजका कारण जीवनका कतिपय पलहरूलाई पछाडि नै छोड्छन् ।

आधुनिक जमानाका करियर ओरिएन्टेड महिलाहरू करियरप्रतिको क्रेजका कारण जीवनका कतिपय पलहरूलाई पछाडि नै छोड्छन् । उनीहरू आफ्नो करियरको उचाइ चुम्न यति व्यस्त हुन्छन् कि विवाहलाई पनि दोस्रो विकल्पका रूपमा लिन्छन् । त्यसैले महिलाहरूको विवाहको उमेर बढिरहेको छ । ढिलो विवाह भए पनि उनीहरू सन्तान जन्माउन हतार गर्दैनन् । आफ्नो करियर सेटल भएपछि सन्तानको योजना बनाउँछन् । उनीहरू आफ्ना सन्तानको लालनपालनमा शत प्रतिशत समय दिएर उचित रूपमा गर्न चाहन्छन् । 

सानेपाकी ३६ वर्षीया रञ्जु शाहले ३५ वर्षको उमेरमा सन्तान जन्माउने योजना बनाइन् । गत वर्ष उनको डेलिभरी भयो । उनी अब पूर्णरूपमा आफ्नो शिशुको लालनपालनका लागि तयार थिइन् । अहिले उनी हरेक तर्फबाट स्वतन्त्र छिन् । आर्थिक रूपमा पनि कुनै समस्या छैन । केही वर्षअघि आर्थिक मन्दीका कारण उनले सन्तानको योजना बनाउन सकेकी थिइनन् । 

पेसाले बैंंकर नीता लामा पनि एक निश्चित समयपछि बालबालिकाको योजना बनाउनुपर्ने बताउँछिन् । मानसिक तथा आर्थिक रूपमा सन्तानका लागि तयार हुनुपर्छ । ३० वर्षपछि सन्तानको योजनाले भविष्य सुरक्षित हुन्छ । 

हलिउड, बलिउड तथा कलिउडका नायिकाहरूले पनि ३० वर्षपछि मात्र सन्तान जन्माएका छन् । शरीरको राम्रो हेरचाह गर्न सकियो भने यो उमेरमा स्वस्थ शिशु जन्माउन सकिन्छ । हाम्रो समाजमा बढ्दो उमेरमा आमा बन्दा अनेकांै समस्या आइपर्ने भ्रम छ । ३० वर्षपछि आमा बन्दा शिशुको मानसिक तथा शारीरिक समस्या आउँछ । गर्भपातको सम्भावना रहने कुराले एक प्रकारको त्रास जन्माउँछ । बाल विशेषज्ञ डा. धनराज अर्यालका अनुसार राम्रोसँग हेरचाह भयो भने ३० वर्षपछि महिलाहरूले स्वस्थ शिशु जन्माउन सक्ने कुरामा दुई मत छैन । 

डा. धनराज अर्याल 

३० देखि ४० वर्षको बीचमा आमा बन्दा कुनै समस्या हँुदैन । 

यो उमेरमा महिलाहरू आफ्नो सुरक्षाप्रति बढी सचेत हुनुका साथै मानसिक तथा आर्थिक रूपमा मजबुत अनि अरू धेरै कुरामा परिपक्व हुन्छन् । आफ्नो गर्भधारणलाई लिएर उनीहरू सचेत हुन्छन् । 

मेडिकल साइन्स गर्भधारणपछि आउने समस्या समाधान गर्न सक्ने भएको छ । 

तीस वर्षपछि आमा बन्दा उत्पन्न हुने समस्याहरू 

हुन त करियरको चक्करमा हिजोआजका महिलाहरू उमेर छिप्पिएपछि विवाह गर्छन् । त्यसको प्रत्यक्ष प्रभाव जन्मने शिशुमा पर्छ । ३० वर्षपछि आमा बन्दा समस्या उत्पन्न नहुने होइन । यो उमेरमा सन्तान उत्पन्न गर्दा थुपै्र समस्या सिर्जना हुन सक्छन् । चिकित्सकहरू आज पनि आमा बन्ने सही उमेर २० वर्षपछिलाई मान्छन् । ३० वर्षपछि शिशु जन्माउँदा अनेकौं समस्या उत्पन्न हुन्छन् । बढ्दो उमेरमा शिशुको योजना बनाउँदा आमा तथा शिशु दुवैलाई खतरा हुन सक्छ । 

डा. मिरा ओझा  

यो उमेरमा गर्भधारण गर्दा शिशु शारीरिक रूपमा कमजोर हुनु, समयभन्दा पहिले जन्मनुका साथै अन्य थुपै्र समस्या सिर्जना हुन सक्छन् । 

मिसक्यारेज तथा अप्रेसनको सम्भावना रहन्छ । 

महिलाहरूको शारीरिक क्षमतालाई मध्यनजर गरी बेड रेस्ट गराउनुपर्छ । 

यस्तो केसमा कुनै किसिमको लापरबाही गर्नु हुँदैन । 

उचित हेरचाह भएन भने गर्भवती महिलाहरूमा हाई ब्लडप्रेसर तथा डाइबिटिजको समस्या उत्पन्न हुन्छ । 

हेल्दी टिप्स 

यो उमेरमा गर्भधारण गर्ने महिलाले बढी आराम गर्नुपर्छ । 

कुनै प्रकारको चिन्ता लिनु हुँदैन । 

राम्रो तथा अनुभवी चिकित्सकको सल्लाह लिनुपर्छ । 

खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

आफू एवं गर्भस्थ शिशुको राम्रो ख्याल राख्नुपर्छ । 

धेरै दौडधुप गर्नु हुँदैन । 

दिनहुँ सामान्य व्यायाम गर्नुपर्छ ।

 Image