Successfully Copied

भान्साका सामग्रीहरू

समयसँगै अहिले हाम्रो भान्साको संरचनामात्र होइन पकाउने तरिकामा पनि परिवर्तन आएको छ।

समयसँगै अहिले हाम्रो भान्साको संरचनामात्र होइन पकाउने तरिकामा पनि परिवर्तन आएको छ । अहिले मानिसहरूको स्वादमा पनि परिवर्तन आएको छ । त्यसैको अनुपातमा अहिले भान्सामा विभिन्न उपकरण प्रयोगमा आउँछन् । 

कुकिङ रेन्ज 

ग्यास तथा बिजुली दुवैबाट चल्ने कुकिङ रेन्ज बजारमा सजिलै उपलब्ध हुन्छन् । कुकिङ रेन्जलाई राख्ने ठाउँ बनाउनुपर्छ । यदि आफूसँग ग्यास तथा ओभन छ भने कुकिङ रेन्जको प्रयोग के–कति छ त्यसमा ध्यान पुर्‍याउनुपर्छ । यसलाई प्रयोग गरेपछि राम्रोसँग सफा गर्नुपर्छ । नेपालमा विविध ब्रान्डका कुकिङ रेन्ज खरिद गर्न सकिन्छ । कुकिङ रेन्जमा छोटो समयमै विभिन्न परिकार तयार गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य ७५ हजारबाट प्रारम्भ हुन्छ । दिनहुँ नयाँ–नयाँ व्यञ्जन खान चाहने पारखीहरूका लागि यो निकै उपयोगी हुन्छ । 

मिक्स्चर ग्राइन्डर 

भान्सामा कुनै पनि परिकार तयार गर्दा विविध सामग्रीको संयोजन आवश्यक हुन्छ । तरकारी आफै तयार हुँदैन । यसमा विभिन्न सामग्री प्रयोगमा ल्याउनुपर्छ । भान्साको सहयोगी हातमा मिक्स्चर ग्राइन्डर एक नम्बरमै आउँछ । तरकारी काट्न, मसला पिस्न, जुस, सेक, लस्सी आदि बनाउन, टमाटरको अचार तयार गर्न मिक्स्चरले निकै सहयोग गर्छ । ग्राइन्डर तथा फुड प्रोसेसर अहिले भान्सामा नभई हुँदैन । फरक सामग्री तयार गर्न फरक–फरक जार तथा यसको कार्य शैली तय भएको हुन्छ । ग्राइन्डरले भान्साको कामलाई निकै सहज तुल्याएको छ । राम्रोसँग चलाउन सके यसले वर्षौं काम दिन्छ । बजारमा ह्यान्ड मिक्स्चर पनि पाइन्छ । मिक्स्चर खरिद गर्दा आफ्नो आवश्यकता तथा रुचिलाई ध्यानमा राख्नुपर्छ । सदैव राम्रो ब्रान्डको मिक्स्चर खरिद गर्नुपर्छ । नेपाली बजारमा महाराजा, पानासोनिक, हिलटेक, यासुडा, एलजी, कलर्स आदि ब्रान्डको बजार राम्रो मानिएको छ । अहिले सस्तोमा २ हजारदेखि ७ हजारसम्मका ग्राइन्डर बजारमा उपलब्ध छन् । 

पोटेटो पिलर 

यसले तरकारी ताछ्न सजिलो हुन्छ । विशेषगरी यसले आलु, गाजर, मुला एवं लौका ताछ्न सकिन्छ। यसलाई सामान्यत: ७ सयदेखि १ हजारसम्म पर्छ । 

टोस्टर 

बिहानको खाजा अहिले प्राय: घरमा अनिवार्य भएको छ । टोस्ट सबै घरका लागि निकै सजिलो ब्रेकफास्ट हो । पाउरोटी राखेपछि यसले अटोमेटिक टोस्ट तयार गर्छ जसमा बटर दलेर खान सकिन्छ। नेपाली बजारमा विभिन्न ब्रान्डका टोस्टर उपलब्ध छन्् । 

गार्लिक प्रेस 

लसुन छोडाउने काम निकै झन्झटिलो हुन्छ । यसको सहयोगले मिनेटभरमा लसुन केलाउन सकिन्छ। 

 

 Image