Successfully Copied

तिहारका पाँच दिनको महत्व

पाँच दिनसम्म मनाइने तिहार दसैंको पन्ध्र दिनपछि आउने हिन्दू धर्मावलम्बीहरूको ठूलो पर्व हो। दसैंपछिको ठूलो पर्व तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ।

पाँच दिनसम्म मनाइने तिहार दसैंको पन्ध्र दिनपछि आउने हिन्दू धर्मावलम्बीहरूको ठूलो पर्व हो । दसैंपछिको ठूलो पर्व तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ । बत्तीको झिलिमिली हुने भएकाले यसलाई दीपावली एवं पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुँदा यमपञ्चक भनिएको हो । किंवदन्तीअनुसार सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन् । यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिई आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहाँ गए । बहिनीले दाजुको निकै सेवा गरिन् । यमराज यमुनाकहाँ कार्तिक कृष्ण त्रयोशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसे । यसैलाई आधार मानेर तिहार मनाउन थालिएको बताइन्छ । यसबाहेक तिहारसँग अन्य थुप्रै प्रसङ्ग पनि जोडिएका छन् । पाँचै दिन उत्तिकै महत्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि तिहार विशेष हर्षोल्लासपूर्वक मनाउने चलन छ । 

प्रकृतिसँग निकट सम्बन्ध गाँस्ने यो पर्वमा हिजोआज अनेकौं विकृति पनि भित्रिएका छन् । यद्यपि नेपाली संस्कृतिमा तिहारको आफ्नै विशिष्ट महत्व छ । राणाकालमा त अझ पाँच दिनसम्म निर्बाध रूपमा टँुडीखेलमै जुवा खेलाइन्थ्यो । आजभोलि वैधानिक रूपमा नभए पनि जुवाको प्रचलन उत्तिकै छ । अझ त्यसमा मद्यपान पनि थपिएपछि त धेरै समस्या उत्पन्न भएका छन् । यति हुँदाहुँदै पनि तिहारको गरिमामय परम्परा भने अझसम्म कायम छ । दक्षिण एसियाका धेरै देशमा विशेष गरी नेपाल, भारत, भूटान एवं बर्मामा यो पर्व विभिन्न किसिमले मनाइन्छ ।

 

 Image