Successfully Copied

क्रेकरी क्लिनिङ तथा हेरचाह

आजको भान्सा सिर्फ खाना बनाउने स्थान मात्र नभएर भान्सा बैठकजस्तो सुन्दर, सालिन हुन थालेको छ । विभिन्न प्रकारको क्रेकरीको भान्छामा प्रयोग हुन्छ ।सुन्दर देखिने क्रेकरीले सदैव भान्साको सुुन्दरमा थप रौनक ल्याउँछ । किनभने यसले गर्दा भाँडाहरू लामो समयसम्म सफा रहन्छन् । क्रेकरीको सही

आजको भान्सा सिर्फ खाना बनाउने स्थान मात्र नभएर भान्सा बैठकजस्तो सुन्दर, सालिन हुन थालेको छ । विभिन्न प्रकारको क्रेकरीको भान्छामा प्रयोग हुन्छ ।सुन्दर देखिने क्रेकरीले सदैव भान्साको सुुन्दरमा थप रौनक ल्याउँछ । किनभने यसले गर्दा भाँडाहरू लामो समयसम्म सफा रहन्छन् । क्रेकरीको सही हेरचाहको तरिका यस प्रकारका छन ।

क्रेकरीको सफाइ

क्रेकरी प्रयोग गर्दा यसमा विविध स्ट्रेच मार्क बस्छ र यसको सुन्दरता कम देखिन्छ । यसलाई कम गर्न यसमा टुथपेस्ट लगाएर यसर्लाइ सफा पानीले धुनुपर्छ ।भान्सा प्रयोग हुने क्रेकरी जस्तै कप, प्लेट, जग, थरमस आदिमा लागेको चियाको दाग हटाउन निकै गार्‍हो हुन्छ । त्यसलाई धुनुभन्दा डेढ–घण्टा पहिले पानीमा माइल्ड ब्लिच हालेर घोल बनाउनुपर्छ । त्यसलाइ फेरि सफा गर्नुपर्छ । यसले गर्दा चिया तथा कफीको दाग हटेर जान्छ ।

चाइनिज माटाको भाँडामा लागेको दाग सफा गर्नका लागि नेल पलिस रिमुभर प्रयोग गर्नुपर्छ । विनेगरले पनि चियाको दाग हटाउँछ ।चाइनिज माटोले बनेको भाँडा सफा गर्न नरम स्पन्ज र माइल्ड डिटरजेन्टको प्रयोग गर्नुपर्छ । यसले भाँडाको चमक यथावत् राख्छ ।नयाँ भाडाको स्टिकर निकाल्दा यसमा स्क्र्याच पर्न सक्छ । त्यसलाई हटाउनका लागि हातमा स्पन्जको प्रयोग गर्नु हँुदैन । नयाँ भाँडामा लागेको स्टिकर सजिलै निस्कन्छ । यसलाई हटाउन घरमा प्रयोग गरिने स्प्रे प्रयोग गर्न सकिन्छ । यसले स्टिकरलाई सजिलै निकाल्छ ।बोतल आकारको क्रेकरी सफा गर्नका लागि त्यसमा चामलमा पानी हालेर यसलाई राम्ररी हल्लाउनुपर्छ ।

चिया कफीको भाडालाई प्रयोगपछि निकालेर राख्नुपर्छ । यसलाई त्यसपछि साबुनले धुनुपर्छ ।

दाग लागेको भाडामा १०० ग्राम ब्लिचमा आधा बाल्टिन पानीको मिश्रण हालेर रातभरि राख्नुपर्छ र बिहान सफा गर्नुपर्छ ।क्रेकरी सफा गर्नका लागि हप्तामा एकपटक २ चम्चा विनेगर मिलेको पानी प्रयोग गर्नुपर्छ । यसले भाडाको चमक यथावत् राख्छ ।

यदि क्रेकरी सफा गरेपछि यसलाई राम्ररी सुकाएर राख्नुपर्छ । होइन भने यसमा पानीको दाग बस्छ ।

स्टिलको भाडाको दाग हटाउनका लागि प्याजको रसमा विनेगर मिसाएर सफा गर्नुपर्छ । यसले दाग हट्छ ।

क्रेकरी केयरिङ टिप्स

-गोल्डेन या सिल्भर मेटालिक रिम भएको क्रेकरीको प्रयोग माइक्रोवेभमा गर्नु हुँदैन ।

-किचेनमा कप झुन्ड्याएर राख्दा खसेर फुट्ने सम्भावना हुन्छ ।

-तातोले चिनियाँ भाँडा फुट्ने सम्भावना हुन्छ ।

-त्यसले तातोबाट यसलाई बचाउनुपर्छ ।क्रेकरीको प्रयोग सर्व गर्नका लागि गर्नुपर्छ ।

-पकाउनका लागि होइन ।

-सिसाको ग्लासलाई जोडेर राख्नु हुँदैन, किनभने यो फुट्न सक्छ ।

 Image