Successfully Copied

अनिसा महर्जनले जितिन् ब्यूटिसियन डिभा २०१५ को ताज

गत शुक्रवार राष्ट्रिय नाचघर जमलमा सम्पन्न ब्यूटिसियन डिभा २०१५ को ताज अनिसा महर्जनले हात पारेकी छिन् ।

गत शुक्रवार राष्ट्रिय नाचघर जमलमा सम्पन्न ब्यूटिसियन डिभा २०१५ को ताज अनिसा महर्जनले हात पारेकी छिन् । प्रमुख अतिथि सिटिइभिटिका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले सोध्नुभएको “तपाईं संविधानसभामा सभासद् भएको भए महिलाको हितका लागि के कस्ता कार्य गर्नुहुन्छ ?” भन्ने प्रश्नमा “महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारमा समान पहुाचको कानून लागु गर्ने” भन्ने उत्तर दिएर २७ जना प्रतियोगीहरुलाई पछि पार्दै ताज जितेकी हुन् । त्यस्तै प्रेक्क्षा श्रेष्ठले फस्ट रनरअपको ताज जितेकी छिन् भने प्रभा रानामगरले सेकेण्ड रनरअपको ताज जितेकी छिन् । तिनैजनालाई नगद पुरस्कार सहित विभिन्न उपहार प्रदान गरिएको थियो । 

रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको ब्यूटिसिएन डिभा २०१५ को दोस्रो संस्करणमा बेष्ट ड्ेरस प्रभा रानामगरले जितिन् भने ब्राइडल मेकअपमा सर्वकृष्ट भइ ज्योति श्रेष्ठले स्कील ट्यालेन्टको अवार्ड जितेकी छिन् । 

सिटिइभिटि तथा एनएसटिबिबाट टैलेन्द्र आचार्य, कर अधिकृत पुनम भट्ट, कस्मोटोलोजिस्ट डा. जेविना लामा, नायिका सुस्मा कार्की, गायिका सरु वन, संचारकर्मी जानुका ढकाल र काजल क्रिएसनका डाइरेक्टर फेसन डिजाइनर काजल थापा निर्णायक रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रा.डा. राज्यश्री श्रेष्ठ रहनुभएको थियो ।

एजेन्सीका अध्यक्ष रुस्का वैद्य श्रेष्ठले स्वागत मन्तब्य दिएर सुरु भएको कार्यक्रममा प्रतियोगीहरुले स्वागत नृत्य पश्चात परिचय दिएर नेपालीपन झल्कने विभिन्न जातजातीको भेषभुषा प्रदर्शन गरेको थियो । कार्यक्रमको कोरियोग्राफी राज फैजुले गरेका थिए ।

 

 Image