Successfully Copied

दोहामा नेफ्टा अवार्ड सम्पन्न

आठौं नेफ्टा अवार्ड विहिबार दोहामा सम्पन्न भयो । टलकजंग भर्सेस टुल्के सर्वाेत्कृष्ट चलचित्र घोषणा भयो । सोही चलचित्रवाट निश्चल बस्नेत, ऋचा शर्मा, खगेन्द्र लामिछाने क्रमश: सर्वाेत्कृष्ट निर्देशक, अभिनेत्री एवं अभिनेताको अवार्ड हात पार्न सफल भए ।

दोहामा नेफ्टा अवार्ड सम्पन्न

आठौं नेफ्टा अवार्ड विहिबार दोहामा सम्पन्न भयो । टलकजंग भर्सेस टुल्के सर्वाेत्कृष्ट चलचित्र घोषणा भयो । सोही चलचित्रवाट निश्चल बस्नेत, ऋचा शर्मा, खगेन्द्र लामिछाने क्रमश: सर्वाेत्कृष्ट निर्देशक, अभिनेत्री एवं अभिनेताको अवार्ड हात पार्न सफल भए । नायक श्रीकृष्णको कोहिनूर चलचित्र पपूलर चलचित्र घोषित भएको थियो भने पपुलर विधामा प्रियंका कार्की र आर्यन सिग्देल सर्वाेत्कृष्ट अभिनेत्री तथा अभिनेता घोषित भए । चलचित्र कबड्डी जुरी अवार्ड जित्यो भने शैलेन्द्रध्वज कार्कीले जेरीवाट सर्वाेत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड हात पारे । हसनराज खान र छुल्ठीम गुरुङ्ग उत्कृष्ट डेब्यू अभिनेता तथा अभिनेत्री भए । हँसियाबाट अनुपविक्रम शाही खलपात्र, सूर्यमाला खनाल चरित्र अभिनेत्री तथा सौगात विष्ट बालकलाकार विधामा उत्कृष्ट बने । विर्खेलाइ चिन्छस्बाट सुवास थापा उत्कृष्ट हास्यकलाकार, नोभेम्बर रेनवाट युवराज चौलागाईं उत्कृष्ट पाश्र्व गायक, नाइँ नभन्नु ल ३ बाट रजिना रिमाल उत्कृष्ट पाश्र्व गायिका, स्टुपिड मनवाट अर्जुन पोखरेल उत्कृष्ट संगीतकार, कोहिनूरवाट कृष्णहरी बराल गीतकार, हवल्दार सुन्तलीबाट नृत्य निर्देशक कविराज गहतराज, वानवेबाट द्वन्द्व निर्देशक रोशन श्रेष्ठ तथा कोहिनूरबाटै कला निर्देशक अञ्जन गजुरेल एवं पासाङ्ग टी शेर्पाले अवार्ड हात पारे । त्यस्तै सेतो बाघवाट निरा राणा उत्कृष्ट ड्रेस डिजाइनर तथा मालाबाट  दिपु पौडेलले उत्कृष्ट मेकअप अवार्ड पाउन सफल भए । झिग्रानामार्फत् पासाङ लामाको पटकथाले बाजी मार्‍यो भने सविन बास्कोटाले सुनपानीवाट उत्कृष्ट कथाको अवार्ड प्राप्त गरे ।  सोही कार्यक्रममा हास्यकलाकार महजोडीलाई कला रत्न सम्मान प्रदान गरेको थियो । विजेताहरूलाई सञ्चारमन्त्री मिनेन्द्र रिजालले अवार्ड प्रदान गरेका थिए ।

 

 Image