Successfully Copied

मुलुकभर हर्षाेल्लासका साथ तीज मनाइयो

मुलुकभरका महिलाहरू आज हर्षोल्लासका साथ हरितालिका तीज मनाइरहेका छन् । आजका दिन महिलाहरू आफ्नो श्रीमान् तथा प्रियजनको दीर्घायु सफल जीवनको कामना गर्दै भगवान् शिवको आराधना गरी निराहार व्रत बस्छन् ।

मुलुकभरका महिलाहरू आज हर्षोल्लासका साथ हरितालिका तीज मनाइरहेका छन् । आजका दिन महिलाहरू आफ्नो श्रीमान् तथा प्रियजनको दीर्घायु सफल जीवनको कामना गर्दै भगवान् शिवको आराधना गरी निराहार व्रत बस्छन् । हिजो दर खाने दिन विभिन्न परिकारका खानेकुरा खाई आज निराहार व्रत बस्ने गरिन्छ । यसकारण आज मुलुकभरका शिव मन्दिरहरूमा व्रतालुको घुइँचो छ । पशुपतिनाथ, सुनसरीको बराहक्षेत्रजस्ता शिवधामहरूमा आज दर्शन गर्नेको घुइँचो पनि उत्तिकै बाक्लो छ । वर्ष दिनमा आउने नेपाली नारीहरूको यो चाडमा वर्षौंदेखि नभेटिएका दिदी–बहिनी तथा आफन्त जीवनका सारा दु:ख भुलेर उत्सवमय तरिकाले तीज  मनाउँछन् । यो चाडलाई नेपाली नारीको दु:ख बिसाउने चौतारीका रूपमा पनि लिने चलन छ । पछिल्लो समय तीज भड्किलो हुँदै गएको छ भन्ने विभिन्न खाले धारणा सुन्नमा आए पनि नयाँ पुस्ताले मौलिकता झल्काउने परम्परालाई सम्मान गर्न सकेको स्पष्ट देख्न सकिन्छ ।

 Image