Successfully Copied

उषा खड्गी तिमिल्सिना, पूर्व मिस नेपाल

मीस नेपाल उषा खड्गीले बनाएका तीजका लागि

राइता

सामग्री 

दही :  आधा लिटर

बोक्रा निकालेर कोरिएको काँक्रो : १ कप

मसिनो गरी काटिएको प्याज : एउटा

मसिनो गरी काटिएको खुर्सानी : २ वटा

मसिनो गरी काटिएको धनियाँ : १ चम्चा

नुन : स्वादअनुसार

जिराको धूलो : आधा चम्चा 

विधि 

दहीलाई मज्जाले फिट्ने । त्यसमा कोरिएको काँक्रो, प्याज, धनियाँ, खुर्सानी, नुन, जिराको धूलो तथा खुर्सानी हालेर चलाउने । यो तीजको दरसँग सजिलै बनाएर खान सकिने परिकार हो ।  

सोयाबिन छ्वेला

सामग्री

सोयाबिन मस्यौरा : १ पाउ

टमाटर : २ वटा

नुन : स्वादअनुसार

रातो खुर्सानी : २ वटा

जिरा : आधा चम्चा

अदुवा र लसुनको पेस्ट : १ चम्चा

तोरीको तेल : १ चम्चा

मेथी : थोरै

विधि 

मस्यौरालाई भिजाएर निचोरी तावामा खैरो हुन्जेल फ्राई गर्ने । टमाटरका स–साना टुक्रा तावामा डढाएर पकाउने । त्यसमा रातो खुर्सानीलाई पानीमा भिजाएर फ्राई गर्ने । सोयाबिनमा नुन, जिराको धूलो, अदुवा–लसुनको पेस्ट हाल्ने । टमाटरलाई हातैले गलाएर मस्यौरासँगै मोल्ने । प्लेटमा राख्दा धनियाँ तथा पुदिनाको पातले सजाउने । 

 Image