Successfully Copied

चौधौं डाबर स्पेशल तिज महोत्सव–२०१५

चौधौं डाबर स्पेशल तिज महोत्सव–२०१५ आयोजना हुदैछ । भाद्र ४ देखी ६ गतेसम्म चल्ने उक्त महोत्सव यसपटक युनाइटेड वल्र्ड ट्ेरड सेन्टरको ग्राउण्ड फ्लोरमा हुनेछ, बिगतमा उक्त भवनको चौथो तल्लामा आयोजना गरिने गरिन्थ्यो ।

चौधौं डाबर स्पेशल तिज महोत्सव–२०१५ आयोजना हुदैछ ।

भाद्र ४ देखी ६ गतेसम्म चल्ने उक्त महोत्सव यसपटक युनाइटेड वल्र्ड ट्ेरड सेन्टरको ग्राउण्ड फ्लोरमा हुनेछ, बिगतमा उक्त भवनको चौथो तल्लामा आयोजना गरिने गरिन्थ्यो । बिगत तेह्र बर्षदेखी वुमन्स क्रियसन्सको आयोजनामा हरेक बर्ष सञ्चालन हुने यस महोत्सव यो बर्ष भुकम्प पिडित महिला तथा बालबालिकामा समर्पित गरिदै– सामाजिक सद्भाव सद्बिचार भुकम्प पिडित दिदीबहिनी तथा बालबालिकालाइ आवश्यक छ सहयोगको हात... भन्ने नारा सहित आयोजना गरिन लागेको वुमन्स क्रियशन्सकी अध्यक्ष्य मिलु थापाले बताइन् । महोत्सवमा आवश्यक घरायसी सामाग्रीका अतिरिक्त चुरा, पोते, ब्याग, जुत्ता, लत्ताकपडा लगायत फर्निचरका साथै बैकिंग जानकारीका लागी समेत बिबिध स्टलहरु रहने छन् । आजको अत्याधुनिक जीवनका लागी जे जति मानविय आवश्यकता हुन्छन् ति सबै सामाग्रीका स्टल रहने थापाको दाबी छ । त्यसका अलावा महोत्सवमा खाना र नविन शैलीका सामाग्री स्टल पनि रहनेछन् । महोत्सवको शुरुवात देखी नै नारी मासिक संलग्नता रहंदै आएको छ । 

 Image